कपिलवस्तु क्षेत्रको विकासको लागि कुनै क्रसर बाकी नराख्ने प्रतिवद्धता : बलदेब
सारांश
- कार्तिक २४, कपिलवस्तु, आसन्न प्रतिनिधि र प्रदेश सभाको निर्वाचनको लागी संयुक्त बाम गठबन्धकाले कपिलवस्तु निर्वाचन क्षेत्र नं.
- १ मा सक्रियता बढाएको छ ।
- जस अन्तग्रत वाणगंगा नगरपालिका २ पिपरामा निर्वाचन परिचालनको वडा कार्यालय उद्घाटन भएको छ ।
कार्तिक २४, कपिलवस्तु, आसन्न प्रतिनिधि र प्रदेश सभाको निर्वाचनको लागी संयुक्त बाम गठबन्धकाले कपिलवस्तु निर्वाचन क्षेत्र नं. १ मा सक्रियता बढाएको छ । जस अन्तग्रत वाणगंगा नगरपालिका २ पिपरामा निर्वाचन परिचालनको वडा कार्यालय उद्घाटन भएको छ । कार्यालय उद्घाटन ने.क.पा एमालेका प्रदेश सदस्य बलराम अधिकारीले गर्नु भएको थियो । कार्याक्रम मा बोल्दै कपिलवस्तु क्षेत्र नं. १ प्रतिनिधि सभा सदस्यका उम्मेदवार क. चक्रपाणी खनाल बलदेव ले बाम गठबन्धनको यस क्षेत्रको विकासको लागि कुनै क्रसर बाकी नराख्ने प्रतिवद्धता गर्नु भएको थियो । काग्रेस आफुमात्र खाने तर अरुलाई नदिने पु“जीबादी लोकतन्त्रको चरीत्र भएको टिप्पणी गर्नु भएको थियो । यसअघि बहुमत पाएर सरकार बनाए पनि आफैंले सरकार बनाउने र गिराउउने फोहोरी खेल खेल्दा विकृति भित्रिएको आरोप लगाउदै अहिले पनि काग्रेसको चरित्र नसुध्रेकाले सबल र स्थिर सरकार कांग्रेसले दिन नसक्ने उहा“को भनाई थियो । यस्तै कार्यक्रम प्रंदेश सभा सदस्यका उम्मदेवार बिष्णु पन्थी लगायतले आफ्नो धारणा राखेका थिए ।
प्रतिक्रिया