दिपक मनाङे किन मन्त्री बने ?

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख १७, २०७८
|
|
५४ पटक हेरिएको
Shares
दिपक मनाङे किन मन्त्री बने ?

सारांश

  • गण्डकी प्रदेश सरकारका खेलकुदमन्त्री दिपक मनाङेले सरकारको भविष्य अनिश्चित भएको आफै बोले ।
  • सरकार १० दिनभन्दा बढी नटिक्ने जान्दाजान्दै आफू मन्त्री बनेको उनको भनाई थियो ।
  • आखिर मनाङे किन मन्त्री बन्न तयार भए ?

गण्डकी प्रदेश सरकारका खेलकुदमन्त्री दिपक मनाङेले सरकारको भविष्य अनिश्चित भएको आफै बोले । सरकार १० दिनभन्दा बढी नटिक्ने जान्दाजान्दै आफू मन्त्री बनेको उनको भनाई थियो । आखिर मनाङे किन मन्त्री बन्न तयार भए ?

स्वतन्त्र उम्मेदवारी दिएर मनाङ ख बाट चुनाव जितेका मनाङे पछिल्लो समय एमाले निकट हुन् । उनी बामदेव गौतमको एकता अभियानमा पनि छन् । जनमोर्चा जता आफू उतै मत दिन तयार भएको बताएका मनाङे रातारात परिवर्तन भए । उनलाई नेकपाका प्रभावशाली नेताहरुले सम्पर्क गरी अविश्वासको प्रस्तावको विपक्षमा पुर्याएका थिए ।

ग्याङस्टार हुँदै प्रदेश सभा सांसद अनि मन्त्री बनेका मनाङेले छोटो समय नै भएपनि मन्त्रीको गाडी चढेर झण्डा हल्लाउन पाउने ठानेरै अगाडि बढेको बुझिएको छ । उनले दौरा सुरुवाल पनि बिहिबार नै सिलाएको खुलाइसकेका छन् ।

दिपक मनाङे ग्याङस्टरबाट मन्त्री

मनाङे मन्त्री पदको सपथ लिएपछि पनि सरकार लामो दिन नजाने बताएका थिए । जति दिन मन्त्री बनेपनि भिजनका साथ प्रस्तुत हुने दाबी गरे । आफूले जग हाल्ने र त्यही जगमा टेकेर अरुले काम गर्न सक्ने उनको तर्क थियो ।

पृथ्वी सुब्बा गुरुङ नेतृत्वको सरकारलाई जोगाइदिएकाले मनाङले मन्त्री पद उपहार पाएका हुन् । जनमोर्चा सांसद खिमविक्रम शाही अविश्वासको प्रस्तावमाथि मतदान हुने भनिएको १५ वैशाखमा अनुपस्थित भएपछि मनाङेसँग सम्पर्क बनाउने प्रयास भएको थियो । तर, उनी पनि स्वीच अफ गरेर बसेका थिए । मनाङेले उक्त दिन मतदान गरेको भए सरकार ढल्थ्यो ।

६० सदस्यीय गण्डकी प्रदेश सभामा नेकपा एमालेका २७ सांसद छन् । काँग्रेसका १५, माओवादीका ११, जनमोर्चाका ३, जसपाका २ र दिपक मनाङे स्वतन्त्र सासद छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सत्यश्वर महादेवको मन्दिरमा शिवपुराण महायज्ञ सञ्चालन
सत्यश्वर महादेवको मन्दिरमा शिवपुराण महायज्ञ सञ्चालन
अपाङ्गमैत्री कार्ययोजना ल्याउन मन्त्रालय तयार : मन्त्री गुरुङ
अपाङ्गमैत्री कार्ययोजना ल्याउन मन्त्रालय तयार : मन्त्री गुरुङ
मन्त्री मातृका यादव किन पुगे दिल्ली !
मन्त्री मातृका यादव किन पुगे दिल्ली !
पक्राउ परेका १२२ चिनियाँ नागरिक आज देश निकाल गरिदै, लिन चीनका दुईवटा विमान काठमाडौं उत्रिर्दै
पक्राउ परेका १२२ चिनियाँ नागरिक आज देश निकाल गरिदै, लिन चीनका दुईवटा विमान काठमाडौं उत्रिर्दै
बागी लाई मैले समर्थन गरेको छैन’ -छिमिदोर्जे लामा ।
बागी लाई मैले समर्थन गरेको छैन’ -छिमिदोर्जे लामा ।
यस्तो छ प्रधानमन्त्रीको युरोप भ्रमणको कार्यतालिका, अक्सफोर्डमा सम्बोधनदेखि महत्वपूर्ण सम्झौतासम्म
यस्तो छ प्रधानमन्त्रीको युरोप भ्रमणको कार्यतालिका, अक्सफोर्डमा सम्बोधनदेखि महत्वपूर्ण सम्झौतासम्म
आगामी वर्षको चैतमा नेकपाको महाधिवेशन हुने !
आगामी वर्षको चैतमा नेकपाको महाधिवेशन हुने !
युद्ध र क्रान्तिका गीत गाउने देवानले ल्याए जय गणेश…
युद्ध र क्रान्तिका गीत गाउने देवानले ल्याए जय गणेश…
पूर्वराजा शाहद्वारा सरकारको कोरोना उपचार कोषमा २ करोड जम्मा गर्ने घोषणा
पूर्वराजा शाहद्वारा सरकारको कोरोना उपचार कोषमा २ करोड जम्मा गर्ने घोषणा
थाइल्याण्डको आम निर्वाचनका लागि आज मतदान हुदै
थाइल्याण्डको आम निर्वाचनका लागि आज मतदान हुदै