दक्ष २ प्रतिशत मात्र वैदेशिक रोजगारीमा

Shikharkhabar Shikharkhabar
|
शनिबार, बैशाख ८, २०७५
|
|
२७ पटक हेरिएको
Shares
दक्ष २ प्रतिशत मात्र वैदेशिक रोजगारीमा

सारांश

  • भक्तपुर, ८ वैशाख, सरकारले वैदशिक रोजगारमा जाने युवालाई तालीम दिएर पठाउने तयारी गरेको छ ।
  • राष्ट्रिय युवा परिषद्बाट शुक्रबार आयोजित ‘युवाका मुद्दा, युवालक्षित कार्यक्रमका लागि सञ्चार क्षेत्रको भूमिका सम्बन्धमा पत्रकारसँग’ अन्तक्र्रियामा युवा तथा खेलकुद मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले अहिले अर्धदक्ष युवा विदेश गइरहेकाले अब तालीम दिएर मात्र दक्ष युवालाई मात्र विदेश पठाउने बताउनुभयो ।
  • “थोरै ज्ञान सीप सिकेर विदेश गएको खण्डमा दोब्बर तलब पाउँछन्”, उहाँले भन्नुभयो, “त्यसैले तालीम दिएर मात्र युवा पठाउने तयारीमा रहेका छाँै ।

भक्तपुर, ८ वैशाख, सरकारले वैदशिक रोजगारमा जाने युवालाई तालीम दिएर पठाउने तयारी गरेको छ ।

राष्ट्रिय युवा परिषद्बाट शुक्रबार आयोजित ‘युवाका मुद्दा, युवालक्षित कार्यक्रमका लागि सञ्चार क्षेत्रको भूमिका सम्बन्धमा पत्रकारसँग’ अन्तक्र्रियामा युवा तथा खेलकुद मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले अहिले अर्धदक्ष युवा विदेश गइरहेकाले अब तालीम दिएर मात्र दक्ष युवालाई मात्र विदेश पठाउने बताउनुभयो ।“थोरै ज्ञान सीप सिकेर विदेश गएको खण्डमा दोब्बर तलब पाउँछन्”, उहाँले भन्नुभयो, “त्यसैले तालीम दिएर मात्र युवा पठाउने तयारीमा रहेका छाँै ।” उहाँले विद्यालय तहबाट नै प्राविधिक शिक्षा सञ्चालन गर्नुपर्ने बताउनुभयो ।

वैदेशिक रोजगारका लागि अदक्ष ७४ प्रतिशत, अर्धदक्ष २४ प्रतिशत र दक्ष दुई प्रतिशत युवा जाने गरेका छन् । सचिव सापकोटाले युवालाई मुलुकमा परिचालन गर्ने योजना बनाइरहेको जानकारी दिनुभयो । उहाँले सञ्चारमाध्यमलाई युवाका सकारात्मक सफलताका कथालाई सम्प्रेषण गर्न आग्रह गर्नुभयो । सचिव सापकोटाले युवा नीति २०७२ लाई परिमार्जन गरी थप युवामैत्री बनाइने बताउनुभयो ।

कार्यक्रममा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेलले युवाका विषय स्थापना गर्न सञ्चारकर्मीले अहं भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिँदै दुई वर्षमा मुलुकका धेरै युवालाई स्वरोजगार बनाइने जिकिर गर्नुभयो । उहाँले ४६० गाउँपालिकामा विद्युतीय पुस्तकालय र सबै स्थानीय तहमा युवामैत्री उद्यान बनाइने पनि बताउनुभयो ।

कार्यक्रममा परिषद्का प्रशासकीय अधिकृत मुक्तिसिंह ठकुरीले गरीब एवं विपन्न युवालाई लक्ष्य गरेर स्वरोजगार कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा देशभरिका ३० पत्रकारको सहभागिता थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रिय फुटबल टोली पोखरातर्फ….
राष्ट्रिय फुटबल टोली पोखरातर्फ….
दुईतिहाईको भारी थेग्न नसकेर ओली सरकार आफै ढल्छ : गुरुङ
दुईतिहाईको भारी थेग्न नसकेर ओली सरकार आफै ढल्छ : गुरुङ
गायक लवटले ल्याए ‘माया मेरी साह्रै राम्री’ (भिडियोसहित)
गायक लवटले ल्याए ‘माया मेरी साह्रै राम्री’ (भिडियोसहित)
एक पदमा दाजुभाइ भिड्दै
एक पदमा दाजुभाइ भिड्दै
फलेवासमा मकै भण्डारण घर निर्माण
फलेवासमा मकै भण्डारण घर निर्माण
पाँच बुदे आरोपमा कुनै सत्यता छैन:एन्फा प्रवक्ता राई
पाँच बुदे आरोपमा कुनै सत्यता छैन:एन्फा प्रवक्ता राई
काँग्रेसका आदर्श र सिद्धान्तको अनुसरण गर्न नेता सिंहको आग्रह
काँग्रेसका आदर्श र सिद्धान्तको अनुसरण गर्न नेता सिंहको आग्रह
तीन वर्षभित्र देशैभर विद्युत् विस्तार– मन्त्री पुन
तीन वर्षभित्र देशैभर विद्युत् विस्तार– मन्त्री पुन
बस दुर्घटनाग्रस्त हुँदा ४७ जनाको मृत्यु
बस दुर्घटनाग्रस्त हुँदा ४७ जनाको मृत्यु
https://kingdom-con.com/Mhttps://kingdom-con.com/ohttps://kingdom-con.com/shttps://kingdom-con.com/thttps://kingdom-con.com/bhttps://kingdom-con.com/ehttps://kingdom-con.com/thttps://kingdom-con.com/ https://kingdom-con.com/Uhttps://kingdom-con.com/Zhttps://kingdom-con.com/ https://kingdom-con.com/Уhttps://kingdom-con.com/зhttps://kingdom-con.com/бhttps://kingdom-con.com/еhttps://kingdom-con.com/кhttps://kingdom-con.com/иhttps://kingdom-con.com/сhttps://kingdom-con.com/тhttps://kingdom-con.com/аhttps://kingdom-con.com/нhttps://kingdom-con.com/ https://kingdom-con.com/бhttps://kingdom-con.com/уhttps://kingdom-con.com/кhttps://kingdom-con.com/мhttps://kingdom-con.com/еhttps://kingdom-con.com/кhttps://kingdom-con.com/еhttps://kingdom-con.com/рhttps://kingdom-con.com/,https://kingdom-con.com/ https://kingdom-con.com/кhttps://kingdom-con.com/аhttps://kingdom-con.com/зhttps://kingdom-con.com/иhttps://kingdom-con.com/нhttps://kingdom-con.com/оhttps://kingdom-con.com/,https://kingdom-con.com/ https://kingdom-con.com/пhttps://kingdom-con.com/рhttps://kingdom-con.com/иhttps://kingdom-con.com/лhttps://kingdom-con.com/оhttps://kingdom-con.com/жhttps://kingdom-con.com/еhttps://kingdom-con.com/нhttps://kingdom-con.com/иhttps://kingdom-con.com/еhttps://kingdom-con.com

तपाईंले छुटाउनुभयो कि?