पूर्व राष्ट्रपतिको यस्ताे चेतावनि

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर २५, २०७५
|
|
१८ पटक हेरिएको
Shares
पूर्व राष्ट्रपतिको  यस्ताे चेतावनि

सारांश

  • ललितपुर,२५ मंसिर।
  • पूर्व राष्ट्रपति डा.
  • रामवरण यादवले धर्म संस्कृतिको विषयलाई संविधान बमोजिम संसदले बेलैमा सम्बोधन गर्नेबारे ठोस निर्णय नलिए देशमा नयाँ द्वन्द्व निम्तन सक्ने खतरा आंैल्याएका छन्।

ललितपुर,२५ मंसिर। पूर्व राष्ट्रपति डा. रामवरण यादवले धर्म संस्कृतिको विषयलाई संविधान बमोजिम संसदले बेलैमा सम्बोधन गर्नेबारे ठोस निर्णय नलिए देशमा नयाँ द्वन्द्व निम्तन सक्ने खतरा आंैल्याएका छन्। मंगलबार ललितपुरको महालक्ष्मी नगरपालिका—८ बिष्णुडोलमा खानेपानी क्षमता अभिवृद्धिका लागि महायज्ञ शुभारम्भ गर्दै धर्म र संस्कृतिको विषय संवेदनशील भएकाले बेलैमा होश पुर्याउनुपर्नेमा जोड दिए। धर्म संस्कृतिको व्यवस्थापन जटिल भएपनि संविधान अनुरुप यसको व्यवस्थापन अनिवार्य भएको उनको भनाइ थियो।

धर्म संस्कृतिबारे उठेको विषय बेलैमा व्यवस्थापन नगरे त्यसले द्वन्द्व निम्त्याउन चाहनेलाई हतियार मिल्न सक्ने खतरा औल्याउँदै यादवले भने, ‘संसारमा धर्मको विषयले ठूला युद्धहरु भएका छन्, हामीले बेलैमा होश पुर्याउन जरुरी छ।’ आफूले यही स्थिति आउने खतरा देखेर संविधान जारी गर्दा दलहरुलाई मधेसको समस्याका अलावा धर्म संस्कृतिको विषयमा गम्भीर भएर सोच्न भनेको स्मरण गराए। उनले भने, ‘मलाई थाहा थियो कि यस्तो समस्या आउन सक्छ, त्यसैले मैंले सबै दलहरुलाई सहमति निर्माणका लागि आग्रह गरेको थिएँ।’  पूर्व राष्ट्रपति यादवले देशमा विकासका नाममा विनाश भइरहेको औल्याउँदै बेलैमा सोच्न आग्रह गरे। सडकलगायत पूर्वाधार निर्माणका लागि चुरेका जङ्गल फडानी भइरहेकोले भविष्यमा पानीको संकट बढेर अर्को द्वन्द्व निम्तनसक्ने औंल्याए। चुरे क्षेत्रमा निर्माण गर्ने भनिएको मदन भण्डारी राजमार्गले विकास भन्दा विनाश गर्न सक्ने उनको भनाइ थियो। यादवले भने, ‘आदरणीय मदन भण्डारीको नाममा बन्न लागेको राजमार्गले चुरेको विनाश हुन सक्छ जसले तराईमा पानीको हाहाकार हुन सक्छ।’

ललितपुर क्षेत्र नम्बर १ का सांसद नवराज सिलवालले धर्म संस्कृतिलाई बेवास्ता गर्दा देशमा भ्रष्टाचार र अनैतिक कार्यहरु मौलाएको बताए। उनले भने,‘हामीले हाम्रो धर्मलाई बेवास्ता गर्दा भ्रष्टाचार मौलाएको छ।’ धर्मबाट नैतिक र आध्यात्मिक शक्ति प्राप्त हुने भएकाले यसको विशेष महत्व रहने बताए। धर्म र संस्कृतिको जगेर्ना र विकासमा लाग्नुपर्नेमा उनको जोड थियो। हाम्रो माध्यमले लिन भन्दा दिन सिकाएको भन्दै पवित्र कार्यमा सबैको सहयोग हुने आशा व्यक्त गरे।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?