एभिन्यूज टीभी छोडेको वर्षौ बित्दा पनि तलब नपाएपछि पूर्वकर्मचारी आन्दोलित

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ २३, २०७७
|
|
४१ पटक हेरिएको
Shares
एभिन्यूज टीभी छोडेको वर्षौ बित्दा पनि तलब नपाएपछि पूर्वकर्मचारी आन्दोलित

सारांश

  • एभिन्यूज खबर टेलिभिजन स्थापनाकालदेखि नै कर्मचारीलाई पारिश्रामिक दिने विषयमा बदनाम हुँदै आएको टेलिभिजन हो ।
  • जुन टेलिभिजनले जागिर छोडेर जानेहरुलाई पनि पारिश्रमिकको विषयमा सधै लफडा गर्दै आइरहेको छ ।
  • टेलिभिजन छोडेका कतिपयले ५/६ वर्ष बित्दा पनि आफुले पाउनु पर्ने बक्यौता रकम पाउन सकेका छैनन् ।

एभिन्यूज खबर टेलिभिजन स्थापनाकालदेखि नै कर्मचारीलाई पारिश्रामिक दिने विषयमा बदनाम हुँदै आएको टेलिभिजन हो । जुन टेलिभिजनले जागिर छोडेर जानेहरुलाई पनि पारिश्रमिकको विषयमा सधै लफडा गर्दै आइरहेको छ । टेलिभिजन छोडेका कतिपयले ५/६ वर्ष बित्दा पनि आफुले पाउनु पर्ने बक्यौता रकम पाउन सकेका छैनन् ।

तर यसपटक भने टेलिभिजन छोडेका पूर्वकर्मचारी संगठित भई आफुले पाउनु पर्ने पारिश्रमिक जसरी पनि लिने भन्दै नेपाल पत्रकार महासंघ पुगेका छन् । आज विहानै भृकुटीमण्डपमा भेला भई उनीहरुले आफुले पाउन बाँकी तलब उल्लेख गर्दै हस्ताक्षर सहित महासंघमा उजुरी गरे । एभिन्यूज छोडेका करिब डेढ दर्जनले आफुहरुले काम छोडेको लामो समय बित्दा पनि पारिश्रमिक पाउन नसकेको गुनासो गरे । एभिन्यूज प्रशासनमा पारिश्रमिकका लागी फोन गर्दा कहिले के भनेर झुलाउने, कहिले थर्काउने गरेको उनीहरुको भनाइ छ ।

आज पारिश्रमिक माग गर्दै हस्ताक्षर गर्नेमा टेलिभिजन छोडेको २ वर्षदेखि ६ महिना समय बिति सकेकासम्म छन् । आफुहरुले दिएको समयसीमा भित्र पारिश्रमिक नपाए आन्दोलनका थप कार्यक्रम गर्ने उनीहरुले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारतीय सहयोगमा कञ्चनपुरमा महेश्वर माविको नयाँ भवन निर्माण सुरु
भारतीय सहयोगमा कञ्चनपुरमा महेश्वर माविको नयाँ भवन निर्माण सुरु
साल्ट ट्रेडिङ् कर्पोरेशन लिमिटेडको ६० औं वार्षिकोत्सव समारोह सम्पन्न
साल्ट ट्रेडिङ् कर्पोरेशन लिमिटेडको ६० औं वार्षिकोत्सव समारोह सम्पन्न
बाजुरमा गएको भूकम्पमा परी १ जनाको मृत्यु, ५० भेडा पुरिए
बाजुरमा गएको भूकम्पमा परी १ जनाको मृत्यु, ५० भेडा पुरिए
विपद् व्यवस्थापनका पूर्वतयारीलाई प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन
विपद् व्यवस्थापनका पूर्वतयारीलाई प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन
यी हुन सुर्खेत विमानस्थलमा पत्रकारलाइ अश्लील गालि गर्ने सेनका कर्नेल
यी हुन सुर्खेत विमानस्थलमा पत्रकारलाइ अश्लील गालि गर्ने सेनका कर्नेल
रासायनिक मल अभाव छैन : मन्त्री भुसाल
रासायनिक मल अभाव छैन : मन्त्री भुसाल
साउदी लिगमा जाँदै राकिटिक
साउदी लिगमा जाँदै राकिटिक
विराटनगरलाई प्रदेश १ को स्थायी राजधानी बनाउन अभियान
विराटनगरलाई प्रदेश १ को स्थायी राजधानी बनाउन अभियान
झापाका ५ वटै सिटमा बाम गठबन्धनको अग्रता, एमाले अध्यक्ष ओलीले कति मत ल्याए ?
झापाका ५ वटै सिटमा बाम गठबन्धनको अग्रता, एमाले अध्यक्ष ओलीले कति मत ल्याए ?
जनतालाई खाना नदिने प्रजातन्त्र काम लाग्दैनः प्रम ओली
जनतालाई खाना नदिने प्रजातन्त्र काम लाग्दैनः प्रम ओली

तपाईंले छुटाउनुभयो कि?