बाजुरमा गएको भूकम्पमा परी १ जनाको मृत्यु, ५० भेडा पुरिए

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ ११, २०७९
|
|
३१ पटक हेरिएको
Shares
बाजुरमा गएको भूकम्पमा परी १ जनाको मृत्यु, ५० भेडा पुरिए

सारांश

  • बाजुरा।
  • सुदूरपश्चिम प्रदेशको बाजुरा केन्द्रविन्दु भएर गएको भूइँचालोका कारण एक महिलाको मृत्यु भएको छ।
  • जिल्लाको गौमुल गाउँपालिका-२ को जुरेलीको स्थानीय जंगलमा घाँस काट्ने बेला गएको भूकम्पसँगै माथिबाट खसेको ढुंगाले लागेर महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ।

बाजुरा। सुदूरपश्चिम प्रदेशको बाजुरा केन्द्रविन्दु भएर गएको भूइँचालोका कारण एक महिलाको मृत्यु भएको छ। जिल्लाको गौमुल गाउँपालिका-२ को जुरेलीको स्थानीय जंगलमा घाँस काट्ने बेला गएको भूकम्पसँगै माथिबाट खसेको ढुंगाले लागेर महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) सुर्य थापाले भूकम्पका कारण खसेको ढुंगा लागेर जमुना रोकायाको मृत्यु भएको स्थानीयले जानकारी गराएको बताए।

भूकम्पले बडिमालिका नगरपालिका र हिमाली गाउँपालिकामा १ दर्जन भन्दा बढी घर भत्किएका छन्। बडिमालिका नगरपालिका ७ मा ३ वटा घर र गौमुल गाउपालिकामा दर्जन बढि घरमा क्षति पुगेको हो।

बाजुराको मेला केन्द्रविन्दु भएर आज ५ दशमलब ९ म्याग्निच्युटको भूकम्प गएको थियो। भूकम्पको झट्काका कारण कैलालीमा पनि घरभित्र रहेका व्यक्ति बाहिर निस्किएका थिए। प्रदेशको राजधानी धनगढीमा पनि भूकम्पको ठूलो धक्का महसुस गरिएको थियो।

यसैगरी बाजुरा गौमुल गाउँपालिका–१ अम्लिसका ४५ वर्षीय रामदल बोहरा घाइते भएका छन्। घाइते बोहराको अलिम्स स्वासथ्य चौकीमा उपचार भइरहेको छ।

वर्षासँगै हिमपातपछि आएको भुकम्पका कारण घाईते बोहराका ५० वटा भेडा पुरिएको स्थानीय केशव बोहराले जानकारी दिएका छन्। अम्लिसको डोरडी भीर खसेर बोहराका २५ भेडा मरेको छन् भने २५ वटा घाइते अवस्थामा रहेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?