एमसीसी प्रस्ताव पार्टीमा विफल भए प्रचण्डले राजीनामा दिने

Shikharkhabar Shikharkhabar
|
आइतबार, फाल्गुन २९, २०७८
|
|
४० पटक हेरिएको
Shares
एमसीसी प्रस्ताव पार्टीमा विफल भए प्रचण्डले राजीनामा दिने

सारांश

  • नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अमेरिकी सहयोग परियोजना एमसीसीबारे पार्टीभित्रको विवादमा आफ्नो प्रस्ताव विफल भए राजीनामा दिने घोषणा गरेका छन् ।
  • विराटनगरमा पत्रकारहरुसँग अध्यक्ष दाहालले एमसीसी विवादबारे पार्टीभित्र चुनावपछि फेरि छलफल गरिने भन्दै त्यसबेला आफ्नो निर्णय र प्रस्ताव विफल भए पदबाट राजीनामा दिने उद्घोष गरेका हुन् ।
  • ‘आगामी चुनावपछि पार्टीमा एमसीसीबारे छलफल हुन्छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अमेरिकी सहयोग परियोजना एमसीसीबारे पार्टीभित्रको विवादमा आफ्नो प्रस्ताव विफल भए राजीनामा दिने घोषणा गरेका छन् । विराटनगरमा पत्रकारहरुसँग अध्यक्ष दाहालले एमसीसी विवादबारे पार्टीभित्र चुनावपछि फेरि छलफल गरिने भन्दै त्यसबेला आफ्नो निर्णय र प्रस्ताव विफल भए पदबाट राजीनामा दिने उद्घोष गरेका हुन् ।

‘आगामी चुनावपछि पार्टीमा एमसीसीबारे छलफल हुन्छ । फेल भयो भने राजीनामा दिन्छु । ढुक्क हुनुहोला’, प्रचण्डले भने । व्याख्यात्मक घोषणासहित एमसीसी पारित गरेर मुलुकलाई दुर्घटनामा जानबाट रोकाएको दावी गर्ने दाहालले पार्टीभित्र विमतीको स्वर राख्नेहरुलाई फेल गरेर देखाउन चुनौती दिएका हुन् ।

अर्को प्रसंगमा अध्यक्ष दाहालले नेकपा एमालेसँग तत्काल सहकार्य पनि सम्भव नरहेको भन्दै एमाले अध्यक्ष केपी ओली आफूहरुप्रति नकारात्मक मात्रै पाएको उल्लेख गरे ।

उनले गठबन्धन गर्न परे चुनावका बेला सत्तारूढ गठबन्धनसँगै गरिने बताए । ‘सकेसम्म आफ्नै खुट्टामा उभिएर चुनावमा जान्छौं,’ उनले, ‘कहीँकतै तालमेल हुन सक्छ, तालमेल हुने भयो भने सत्तारूढ गठबन्धनसँगै हुनेछ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?