नेपाली कांग्रेसले बागमती प्रदेश सभामुखमा दावी गर्ने निर्णय

Shikharkhabar Shikharkhabar
|
शनिबार, आश्विन २५, २०८२
|
|
४६ पटक हेरिएको
Shares
नेपाली कांग्रेसले बागमती प्रदेश सभामुखमा दावी गर्ने निर्णय

सारांश

  • मकवानपुर ।
  • नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठकले सत्ता गठबन्धनसँग सहकार्य गर्दै प्रदेश सभाको सभामुख पदमा आफ्नो दावी प्रस्तुत गर्ने निर्णय गरेको छ।
  • इन्द्रबहादुर बानियाँको अध्यक्षतामा बसेको बैठकले यो निर्णय गरेको हो।

मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठकले सत्ता गठबन्धनसँग सहकार्य गर्दै प्रदेश सभाको सभामुख पदमा आफ्नो दावी प्रस्तुत गर्ने निर्णय गरेको छ। इन्द्रबहादुर बानियाँको अध्यक्षतामा बसेको बैठकले यो निर्णय गरेको हो।

गत भदौ २३ गते राप्रपाबाट निर्वाचित तत्कालीन सभामुख भुवनकुमार पाठकले पदबाट राजीनामा दिएपछि सभामुख पद रिक्त रहेको छ। रिक्त पदमा नेपाली कांग्रेसले गठबन्धनसँगको सहकार्यलाई आधार बनाएर सभामुख पदमा अधिकार पूर्वक दावी गर्ने रणनीति लिएको हो।

बैठकमा विपद् व्यवस्थापनसम्बन्धी विषयमा पनि महत्वपूर्ण निर्णय गरिएको छ। विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउँदै स्थानीय सरकारसँग समन्वय गरेर तत्काल कार्यान्वयन गर्ने सहमति भएको छ। साथै, आउँदो पुरक बजेटसम्बन्धी विषयमा थप छलफल गरी संसदीय दलले साझा धारणा बनाउने निर्णय पनि बैठकमा गरिएको छ।

यस निर्णयलाई बागमती प्रदेशको आगामी राजनीतिक समीकरणमा महत्वपूर्ण संकेतको रूपमा हेरिएको छ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    create binance account

    Your article helped me a lot, is there any more related content? Thanks!

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?