एमालेका यी ठूला नेता भए ‘बाइपास’, मच्चियो खैलाबैला
सारांश
- काठमाडौं, माघ ५ ।
- नेकपा एमालेले राष्ट्रियसभाका उम्मेदवारहरुको टुंगो लगाएपछि खैलाबैला मच्चिएको छ ।
- एमालेका प्रधावशाली नेताहरु जिल्लाबाटै सिफारिस नभएपछि खैलाबैला मच्चिएको हो ।
काठमाडौं, माघ ५ । नेकपा एमालेले राष्ट्रियसभाका उम्मेदवारहरुको टुंगो लगाएपछि खैलाबैला मच्चिएको छ । एमालेका प्रधावशाली नेताहरु जिल्लाबाटै सिफारिस नभएपछि खैलाबैला मच्चिएको हो ।
राष्ट्रियसभा सदस्यका प्रबल दाबेदार मानिएका एमाले नेताहरु अमृत बोहोरा, प्रदीप नेपाल, रघुजी पन्त, बेदुराम भुसाल, गंगालाल तुलाधर, महेन्द्रबहादुर पाण्डे, गोपाल शाक्य लगायतका नेताहरु जिल्लाबाट सिफारिस भएनन् ।
यीमध्ये बोहोरा अनुशासन आयोगका अध्यक्ष हुन् भने अरु पोलिटव्यूरो सदस्य हुन् । भुसालबाहेक सबै नेता मन्त्री भइसकेका र पार्टीमा कुनै बेला प्रभावशाली भूमिकामा रहेका हुन् ।
उता प्रदेश नम्बर ४ बाट पनि वाचस्पति देवकोटा लगायतका नेता सिफारिसमा परेनन् । प्रदेश नम्बर ७ बाट राष्ट्रियसभाका आकांक्षी पार्टी नेताहरु भानुभक्त जोशी, गोविन्द कलौनीहरुको नाम पनि कटाइएको छ ।
३ नम्बर प्रदेश कमिटीले भने जिल्लाबाट सिफारिस नभए पनि प्रभावशाली नेताहरुको नाम थपेर केन्द्रमा सिफारिस गरेको छ ।
प्रतिक्रिया