एमालेद्वारा स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट विधि पारित

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र २, २०७८
|
|
३५ पटक हेरिएको
Shares
एमालेद्वारा स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट विधि पारित

सारांश

  • काठमाडौं।
  • स्थानीय निर्वाचनका बारेमा केन्द्रित रहेर नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको एमाले सचिवालय बैठक सम्पन्न भएको छ ।
  • बैठकले स्थानीय तहको निर्वाचनमा उम्मेदवार सिफारिसका लागि मापदण्ड पारित गरेको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।

काठमाडौं। स्थानीय निर्वाचनका बारेमा केन्द्रित रहेर नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको एमाले सचिवालय बैठक सम्पन्न भएको छ ।
बैठकले स्थानीय तहको निर्वाचनमा उम्मेदवार सिफारिसका लागि मापदण्ड पारित गरेको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।
आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि एमालेले वडाध्यक्ष र सदस्यको उम्मेदवारको सिफारिस वडा कमिटीबाट गर्ने र जिल्ला कमिटीले टिकटको निर्णय गर्ने विधि तय गरेको छ ।
त्यस्तै गाउँपालिका अध्यक्ष र उपाध्यक्ष एवं नगरपालिकाका प्रमुख र उपप्रमुखको सिफारिस जिल्ला कमिटीले गर्ने तथा निर्णय प्रदेश कमिटीले गर्ने गरी मापदण्ड तय गरेको गुरुङले जानकारी दिए।
बैठकले महानगरपालिका र उपमहानगरपालिकाका प्रमुख तथा उपप्रमुखको टिकटका लागि जिल्ला र प्रदेश कमिटीले सिफारिस गर्ने तथा टिकटको निर्णय पार्टी केन्द्रले गर्ने निर्णय गरेको छ ।
केन्द्रीय कमिटी बैठकले राजनीतिक प्रतिवेदनसहित दिशा निर्देश गर्ने भएको छ । आगामी चुनावी रणनीति बनाउन एमालेले यही चैत ७ गते पोलिटब्यूरो तथा चैत ९ र १० गते केन्द्रीय कमिटी बैठक बोलाएको छ ।
त्यस्तै चैत १३ गते स्थायी कमिटी बैठक बस्ने गुरुङले जानकारी दिनुभयो । बैठकले निर्वाचनका लागि घोषणापत्र निर्माण गर्नेसमेत निर्णय गरेको छ।[image: RG-Bhaktapur-ChairOliMeeting.jpg]

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कांग्रेस नेतृहरुको गुनासो– महिलालाई हार्ने ठाउँमा मात्र उठाइयो
कांग्रेस नेतृहरुको गुनासो– महिलालाई हार्ने ठाउँमा मात्र उठाइयो
पर्यटकीय गन्तव्य बन्दै रानी झरना
पर्यटकीय गन्तव्य बन्दै रानी झरना
नक्कली शरणार्थी प्रकरणको निष्पक्ष छानविन हुन्छः प्रधानमन्त्री दाहाल
नक्कली शरणार्थी प्रकरणको निष्पक्ष छानविन हुन्छः प्रधानमन्त्री दाहाल
काठमाडौंमा एकैदिन १६३८ जना कोरोना संक्रमित थपिए
यी कार्यालय खारेजी, पुनःसंरचना र हस्तान्तरण गर्ने सरकारको तयारी
यी कार्यालय खारेजी, पुनःसंरचना र हस्तान्तरण गर्ने सरकारको तयारी
बेलुका बाटो सिधा भएर हिँड्न नसक्ने मान्छे एमाले हुन सक्दैन : अध्यक्ष ओली
बेलुका बाटो सिधा भएर हिँड्न नसक्ने मान्छे एमाले हुन सक्दैन : अध्यक्ष ओली
मौलिक पर्वले आपसी सद्भाव, हार्दिकता र समतामूलक समाज निर्माणमा उत्प्रेरणा दिने मुख्यमन्त्री राउतको विश्वास
मौलिक पर्वले आपसी सद्भाव, हार्दिकता र समतामूलक समाज निर्माणमा उत्प्रेरणा दिने मुख्यमन्त्री राउतको विश्वास
एकाएक अमेरिका पलायन भएका प्रेम बानियाँले अमेरिकाबाटै झटारो हाने नेताहरूलाई {भिडियो हेर्नुस}
विश्वकपमा अाज: स्विडेन जर्मनीको तगारो बन्ला ?
विश्वकपमा अाज: स्विडेन जर्मनीको तगारो बन्ला ?
दाङमा ‘राष्ट्रिय बाल चलचित्र महोत्सव’ हुने
दाङमा ‘राष्ट्रिय बाल चलचित्र महोत्सव’ हुने

तपाईंले छुटाउनुभयो कि?