दाङमा ‘राष्ट्रिय बाल चलचित्र महोत्सव’ हुने

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ ३, २०८०
|
|
२२ पटक हेरिएको
Shares
दाङमा ‘राष्ट्रिय बाल चलचित्र महोत्सव’ हुने

सारांश

  • काठमाडौँ ।
  • चलचित्र विकास बोर्डले प्रथम राष्ट्रिय बाल चलचित्र महोत्सव आगामी असार १,२ र ३ गते दाङमा आयोजना गर्ने भएको छ ।
  • मंगलवार गते बसेको बोर्ड बैठकले सो निर्णय गरेको सदस्य रवि अधिकारीले जानकारी दिए ।

काठमाडौँ । चलचित्र विकास बोर्डले प्रथम राष्ट्रिय बाल चलचित्र महोत्सव आगामी असार १,२ र ३ गते दाङमा आयोजना गर्ने भएको छ । मंगलवार गते बसेको बोर्ड बैठकले सो निर्णय गरेको सदस्य रवि अधिकारीले जानकारी दिए ।

महोत्सवमा बालबालिकासँग सम्बन्धित लामा तथा छोटा शिक्षामूलक चलचित्रको प्रदर्शनी हुनेछ । साथै, चलचित्र ज्ञानसम्बन्धी हाजिरी जबाफ प्रतियोगिता, पुस्तक प्रदर्शनी एवम् फोटो प्रदर्शनी तथा चलचित्र नृत्य प्रतियोगितासमेत हुनेछ ।

“बालबालिका माझ चलचित्रको माध्यमबाट शिक्षा र संस्कृतिलाई अगाडि बढाउने, बालबालिकालाई चलचित्रको अभ्यास गराउने, बाल चलचित्र क्लब गठन तथा सञ्चालनमा प्रोत्साहन गर्ने, विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बाल चलचित्र महोत्सवमा नेपालका बालबालिका तथा उनीहरुले बनाएका चलचित्र सहभागी गराउन मद्दत पुÞ¥याउने उद्देश्यसहित महोत्सव आयोजना गर्न लागिएको हो”,सदस्य अधिकारीले भने ।

महोत्सवको दौरान ‘बालबालिकासँग भुवन केसी’ खण्ड आयोजना हुनेछ । जहाँ स्थानीय झाँक्री र सांस्कृतिक प्रदर्शनीसहित बोर्ड अध्यक्ष तथा विशिष्ट अभिनेता केसीको परिचयात्मक श्रव्यदृश्य सामग्रीसमेत प्रदर्शन हुने सदस्य अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?