कांग्रेस नेतृहरुको गुनासो– महिलालाई हार्ने ठाउँमा मात्र उठाइयो

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक १२, २०७४
|
|
२१ पटक हेरिएको
Shares
कांग्रेस नेतृहरुको गुनासो– महिलालाई हार्ने ठाउँमा मात्र उठाइयो

सारांश

  • १२ कात्तिक, काठमाडौं ।
  • नेपाली कांग्रेसका महिला नेतृहरुले पार्टी नेतृत्वले प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा हार्ने ठाउँमा मात्र आफूहरुलाई उम्मेदवार बनाइएको गुनासो गरेका छन् ।
  • आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेकी काभ्रेकी कांग्रेस नेतृ कमला थापाले टिकट वितरणमा कर्मठ र योग्यहरुलाई पाखा लगाउन खोजिएको बताइन् ।

१२ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका महिला नेतृहरुले पार्टी नेतृत्वले प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा हार्ने ठाउँमा मात्र आफूहरुलाई उम्मेदवार बनाइएको गुनासो गरेका छन् ।

आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेकी काभ्रेकी कांग्रेस नेतृ कमला थापाले टिकट वितरणमा कर्मठ र योग्यहरुलाई पाखा लगाउन खोजिएको बताइन् ।

चितवन क्षेत्र नम्बर ३ की सविता बरालले पनि टिकट कसलाई दिने भन्ने विषयमा अन्योल देखिएको प्रतिक्रिया दिइन् । उनी समानुपातिकतर्फ उम्मेदवारको आकांक्षी छन् ।

गुल्मीकी भगवती काफ्ले भण्डारीले जनतासँग भिजेर काम गरेकाले प्रत्यक्षबाटै निर्वाचनमा उम्मेदवार बन्न चाहेको र त्यही आकांक्षा प्रकट गर्न नेतृत्वसँग भेट गर्न खोजेको बताइन् ।

उनले कृषि क्षेत्रमार्फत् गुल्मीको विकास गर्ने आफ्नो चुनावी एजेन्डा रहेको बताइन् । भण्डारी गुल्मी क्षेत्र नम्बर १ बाट प्रदेश सभा उम्मेदवारकी आकांक्षी हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?