कुलमानको चेनावनीपछि चिनिया कम्पनीले ढल्केबरमा सबस्टेसन निर्माणको काम सुचारु गर्यो

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण १३, २०७४
|
|
१८ पटक हेरिएको
Shares
कुलमानको चेनावनीपछि चिनिया कम्पनीले ढल्केबरमा सबस्टेसन निर्माणको काम सुचारु गर्यो

सारांश

  • नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको चेतावनीपछि चिनियाँ कम्पनीले ढल्केबरमा सबस्टेसन निर्माणको काम थालेको छ ।
  • एक हप्ता अघिदेखि महोत्तरीको ढल्केबरमा २ सय २० केभिको सबस्टेसन निर्माणको काम रोकेको चिनिया कम्पनी सेन्ट्रल चाइना पावर ग्रिड (सिसिपिजी) ले आज (शुक्रबार) देखि पुनः काम सुुरु गरेको हो ।
  • दुई महिनाभित्र यसको निर्माण सम्पन्न भइसक्ने विद्युत प्राधिकरणले जनाएको छ ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको चेतावनीपछि चिनियाँ कम्पनीले ढल्केबरमा सबस्टेसन निर्माणको काम थालेको छ ।

एक हप्ता अघिदेखि महोत्तरीको ढल्केबरमा २ सय २० केभिको सबस्टेसन निर्माणको काम रोकेको चिनिया कम्पनी सेन्ट्रल चाइना पावर ग्रिड (सिसिपिजी) ले आज (शुक्रबार) देखि पुनः काम सुुरु गरेको हो । दुई महिनाभित्र यसको निर्माण सम्पन्न भइसक्ने विद्युत प्राधिकरणले जनाएको छ ।

निर्माण कम्पनीले कुनै कारण नखुलाई अघोषितरुपमा काम पुरै ठप्प पारेको थियो । प्राधिकरणले ठेक्का तोड्ने चेतावनी दिएपछि कम्पनीले काम सुचारु गरेको प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले जानकारी दिए । अहिलेसम्म करिब ९० प्रतिशत काम सम्पन्न भइसकेको छ । आगामी सुख्खायाममा यो सबस्टेशनमार्फत भारतबाट २ सय मेगावाटसम्म विजुली आयात गर्ने विद्युत प्राधिकरणको योजना छ ।

केही महिनाअघि मात्रै समयमा काम सम्पन्न नगरेको भन्दै प्राधिकरणले २२० केभीको भरतपुर–बर्दघाट प्रसारणलाइन निर्माणको जिम्मा लिएको सिसिपिजीसँग ठेक्का तोडेको थियो । यसरी ठेक्का तोडेको रिस पोख्न सिसिपिजीले ढल्केबर सबस्टेशनमा काम रोकेको बताइएको छ । कम्पनीले प्राधिकरणलाई ढल्केबरको पनि ठेक्का तोड्ने भन्दै घुर्की लगाउँदै आएको थियो । तर प्राधिकरणले पनि आफुहरु समयमै काम सुरु नगरे ठेक्का तोड्ने बताएपछि यसले समयमै काम सुरु गरेको हो ।

प्राधिकरणका निर्देशक कुलमानले काम सुरु नगरे ठेक्का ताड्ने चेतावनी दिएपछि अन्तत काम सुरु गरेको प्राधिकरणले जनाएको छ । सन् २०१० को डिसेम्बरमा निर्माण सुरु भएको उक्त प्रसारणलाइन सन् २०१३ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो ।

अहिले प्राधिकरणले २२०/१३२ केभीको ट्रान्सर्फमर भाडामा लिएर भारतको मुजफ्फपुर बिन्दुमा राखी विद्युत् आयात गरिरहेको छ । ढल्केबरमा सबस्टेसन बनेपछि प्राधिकरणले मुजफ्फपुरमा ट्रान्सर्फमर राख्नु पर्दैन भने थप विद्युत् आयात पनि गर्न सकिन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?