एमालेले छान्यो मध्यरातमा राष्ट्रपतिको उम्मेदवार
सारांश
- काठमाडौं, २३ फागुन – एमाले स्थायी कमिटीले मध्य रातमा विद्यादेवी भण्डारीलाई राष्ट्रपति उम्मेदवार बनाउने निर्णय गरेको छ ।
- एमालेको यो निर्णयसँगै राष्ट्रपतिमा विद्यादेवी भण्डारी दोहोरिने निश्चितप्रायः भएको छ ।
- एमालेले राष्ट्रपतिको उम्मेदवार छान्न हिजो मंगलबार स्थायी कमिटीको वैठक बसेको थियो ।
काठमाडौं, २३ फागुन – एमाले स्थायी कमिटीले मध्य रातमा विद्यादेवी भण्डारीलाई राष्ट्रपति उम्मेदवार बनाउने निर्णय गरेको छ । एमालेको यो निर्णयसँगै राष्ट्रपतिमा विद्यादेवी भण्डारी दोहोरिने निश्चितप्रायः भएको छ ।
एमालेले राष्ट्रपतिको उम्मेदवार छान्न हिजो मंगलबार स्थायी कमिटीको वैठक बसेको थियो । पूर्व अध्यक्ष झलनाथ खनाल उम्मेदवारको दाबी गरेपछि निर्णय लिन निकै कठिन भएको थियो । अध्यक्ष ओली समुहले भण्डारीलाई दोहोर्याउने निश्चित भएपछि मध्यरातमा निर्णय गरेको हो ।
प्रधानमन्त्रीनिवास बालुवाटारमा मंगलबारदिउँसै सुरु भएको बैठक राति १२ बजेसम्म बसेको एमाले नेताले बताएका छन् ।
भण्डारी र खनालको पक्षमा स्थायी समितिमा लगभग बराबरीजस्तै सदस्य उभिएका थिए ।
आज राष्ट्रतिको उम्मेदवार दर्ताको कार्यतालिका भएकाले मध्यरातमा निर्णय गरेको एमाले नेताले बताएका छन् । बाम गठबन्धनको तर्फबाट एमालेले राष्ट्रपति र माओवादी केन्द्रले उपराष्ट्रपतिका लागि उम्मेदवारी दिंदैछन् । निर्वाचन आयोगले फागुन २९ गतेका लागि राष्ट्रपतिको निर्वाचनको मिति तय गरिसकेको छ ।
Prakash Pandey
Good for nation.
Paudel Laxman
Kp oli ko Bardan oli ko power hune bela samma aruko kai lagdaina ho
Hari Lamichhane
नारी गाैरव!