जहाज बेपत्ता अपडेटः मौसम खराब छ, खोज्न मुस्किल छ

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ १५, २०७९
|
|
३४ पटक हेरिएको
Shares
जहाज बेपत्ता अपडेटः मौसम खराब छ, खोज्न मुस्किल छ

सारांश

  • पोखरा।
  • पोखराबाट उडेको तारा एयरकाे जहाज बेपत्ता भएपछि खोजी सुरु भएको छ ।
  • मुस्ताङको जोमसोमबाट फिस्टेल एयरको हेलिकोप्टर खोजीका लागि निस्किए पनि बादल लागेका कारण त्यसै फर्किएको बताइएको छ ।

पोखरा। पोखराबाट उडेको तारा एयरकाे जहाज बेपत्ता भएपछि खोजी सुरु भएको छ । मुस्ताङको जोमसोमबाट फिस्टेल एयरको हेलिकोप्टर खोजीका लागि निस्किए पनि बादल लागेका कारण त्यसै फर्किएको बताइएको छ ।

यस्तै पोखराबाट पनि नेपाली सेनाको जहाजमा रेस्क्यु टोली त्यसतर्फ गएको छ । ‘मौसम खराव छ । दुर्घटना कहाँ भयो भन्ने थाहा छैन,’ मुस्ताङका पत्रकार सुन्दर थकालीले भने, ‘मानापाथी र धवलागिरी हिमालकै वरपर यो दुर्घटना हुन सक्छ भनिएको छ । तर कहाँनिर भन्ने छैन ।’

उनका अनुसार मुस्ताङको मौसम निकै खराब अवस्थामा छ । साे जहाजमा चालक दलका तीन सदस्यसहित २२ यात्रु सवार थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?