न्यायाधीश दीपकराज जोशीद्वारा राजीनामा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, फाल्गुन ७, २०७५
|
|
४७ पटक हेरिएको
Shares
न्यायाधीश दीपकराज जोशीद्वारा राजीनामा

सारांश

  • काठमाडौं।
  • सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीले पदबाट राजीनामा दिएका छन् ।
  • प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरामार्फत उनले मंगलबार राष्ट्रपति समक्ष राजीनामा दिएका हुन् ।
काठमाडौं। सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीले पदबाट राजीनामा दिएका छन् । प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरामार्फत उनले मंगलबार राष्ट्रपति समक्ष राजीनामा दिएका हुन् । पछिल्लो समय सर्वोच्च अदालतभित्र जिम्मेवारीविहीन पारिएका जोशीले राजीनामा दिने विकल्प रोजेका हुन् ।
यसअघि जोशीले कायममुकाम प्रधानन्यायाधीशको हैसियतमा कार्यभार सम्हालिसकेका छन् ।  त्यसपछि उनी प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिसमा परे पनि संसदीय सुनुवाइ समितिले अस्वीकृत गरेको थियो । उनको शैक्षिक योग्यतामा प्रश्न उठाइएको थियो ।
त्यसपछि उनी लामो समय घरबिदामा बसेका थिए । ओमप्रकाश मिश्र प्रधानन्यायाधीश नियुक्त भएपछि सर्वोच्च फर्किएका जोशीलाई कानुनमन्त्रीको मध्यस्थतामा इजलाश दिइएको थियो । तर प्रधानन्यायाधीश चोलेन्द्र समशेरले उनको जिम्मेवारी समेत खोसेका थिए । उनलाई केही सांसदहरुले महाअभियोग लगाउने तयारीसमेत गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ