खाडीको सुन लहानमा कसरी किनबेच हुन्छ!

Shikharkhabar Shikharkhabar
|
शनिबार, चैत्र २४, २०७४
|
|
१८ पटक हेरिएको
Shares
खाडीको सुन लहानमा कसरी किनबेच हुन्छ!

सारांश

  • लहान –लहानको मुख्यचोकस्थित एउटा चिया पसलमा सुन खरिदबिक्री भइरहेको सूचनाका आधारमा प्रहरीले एक महिलासहित तीनजनालाई नियन्त्रणमा लियो।
  • करिब साढे चार तोला (५० ग्राम) सुनको बाला खरिद गर्ने स्थानीय सुनचाँदी व्यवसायी सन्दीप सोनी केहीबेर प्रहरी नियन्त्रणमा रहे ।
  • सुन बिक्री गर्न आएका कल्याणपुर नगरपालिका–१ का मोहम्मद सजाबुल शेखको शरीर जाँच गर्दा लागूऔषध र गोलीसमेत बरामद भएपछि उनलाई प्रहरीले हिरासतमा राख्यो ।

लहान –लहानको मुख्यचोकस्थित एउटा चिया पसलमा सुन खरिदबिक्री भइरहेको सूचनाका आधारमा प्रहरीले एक महिलासहित तीनजनालाई नियन्त्रणमा लियो।

करिब साढे चार तोला (५० ग्राम) सुनको बाला खरिद गर्ने स्थानीय सुनचाँदी व्यवसायी सन्दीप सोनी केहीबेर प्रहरी नियन्त्रणमा रहे । सुन बिक्री गर्न आएका कल्याणपुर नगरपालिका–१ का मोहम्मद सजाबुल शेखको शरीर जाँच गर्दा लागूऔषध र गोलीसमेत बरामद भएपछि उनलाई प्रहरीले हिरासतमा राख्यो । यो घटना बुधबारको हो । आजको नागरिक दैनिकमा खबर छ ।

शेख सुन बिक्रीका लागि लहान आएका थिए । उनी पहिला सोनीको लहान ७ स्थित माँ दुर्गा ज्वेलर्समा पुगे । बुधबारका दिन लहानमा सुनचाँदी पसल बन्द रहन्छन् । मोटरसाइकलमा आएका शेख लहानको मुख्यचोकमा रहेको एउटा चिया पसलमा सोनीलाई पर्खेर बसे । केहीबेरमा त्यहाँ आइपुगेका सोनीलाई सुन दिएलगत्तै प्रहरी टोलीले सुनसहित शेख र सोनीलाई नियन्त्रणमा लिएको थियो ।

बरामद भएको सुन गल्फ ज्वेलरी दोहा कतारबाट खरिद गरिएको बिलमा उल्लेख छ । तर, बिलमा उक्त परिमाणको सुन खरिदकर्तामा रामगोपाल मण्डलको नाम छ भने बिक्री गर्न आउने मोहम्मद शेख छ।

इलाका प्रहरी कार्यालय लहानका डिएसपी गणेश चन्दले बिलका आधारमा दोषी नदेखिएकाले सोनीलाई लहान सुनचाँदी व्यवसायी संघका अध्यक्ष श्याम साहको रोहबरमा छाडिएको बताए । स्थानीय बजारमा सुनको दैनिक मागअनुसारको आधिकारिक आपूर्ति आधा पनि छैन।

मूल्य जस्तोसुकै घटबढ हुँदा पनि बजारमा सुनको अभाव हुँदैन । सुनचाँदी व्यवसायीका अनुसार नेपालमा दैनिक ४० किलो सुन खपत हुन्छ । राष्ट्रबैंकले १६ वाणिज्य बैंकमार्फत दैनिक १५ किलो सुन बजारमा पठाउँछ । यो तथ्यांकले दैनिक कम्तीमा २५ किलो सुन अभाव रहेको प्रस्टै देखाउँछ।

सिरहा जिल्ला सुनचाँदी व्यवसायी संघका अध्यक्ष भरत अग्रवालका अनुसार बैंकमार्फत सय जिल्लालाई महिनामा ६ किलो सुन आउँछ । जिल्ला सुनचाँदी व्यवसायी संघलाई ४ किलो र लहान नगर सुनचाँदी व्यवसायी संघले २ किलो सुन पाउँछ । जिल्लाभरि करिब डेढ सय सुनचाँदी पसल छन्।

यहाँको बजारमा पछिल्लो समय खाडी मुलुकबाट भित्रिएको सुन छ्याप्छ्याप्ती पाइन्छ । बैंकबाट आपूर्ति हुने सुनभन्दा सस्तो पाइने र रेकर्ड पनि नहुने भएकाले कर छल्न सजिलो हुने हुँदा खाडीबाट ल्याइएको सुन यहाँका व्यापारीको पहिलो रोजाइमा पर्छ । वैध बाटो (बैंक) बाट  आउने सुनको तुलनामा खाडीबाट आउने सुन सस्तो हुने भएकाले केही व्यवसायी यसको खरिदबिक्रीमा बढी नै संलग्न छन्।

(https://expo.aspe.org)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निर्वाचन सारिए देश द्वन्द्वमा जान्छः बस्नेत
निर्वाचन सारिए देश द्वन्द्वमा जान्छः बस्नेत
लगानी सम्मेलन आजदेखि सुरु हुँदै,सम्मेलनमा ५५ देशबाट लगानीकर्ता आउने
लगानी सम्मेलन आजदेखि सुरु हुँदै,सम्मेलनमा ५५ देशबाट लगानीकर्ता आउने
उपरथी शर्माको पदावधी थपः पूर्णचन्द्रपछि सेनाको सेनापति बन्ने लगभग निश्चित
उपरथी शर्माको पदावधी थपः पूर्णचन्द्रपछि सेनाको सेनापति बन्ने लगभग निश्चित
धेरैपटक “मारिएका” इस्पातले बनेका मान्छे– उपराष्ट्रपति पासाङ
धेरैपटक “मारिएका” इस्पातले बनेका मान्छे– उपराष्ट्रपति पासाङ
क्यानाडामाथि नेपालको रोमाञ्चक जीत, नेपालले विश्वकप छनौट खेल्न पाउने
क्यानाडामाथि नेपालको रोमाञ्चक जीत, नेपालले विश्वकप छनौट खेल्न पाउने
जाजरकोटमा अस्थायी साधन प्रयोग गर्नेको संख्या कसरी बढ्यो ?
जाजरकोटमा अस्थायी साधन प्रयोग गर्नेको संख्या कसरी बढ्यो ?
राष्ट्रियसभा अध्यक्ष र पाकिस्तानी राजदूतबीच शिष्टचार भेटघाट
राष्ट्रियसभा अध्यक्ष र पाकिस्तानी राजदूतबीच शिष्टचार भेटघाट
शिवपुजन राय यादवको उम्मेदवारी आज टुंगो लाग्ने
शिवपुजन राय यादवको उम्मेदवारी आज टुंगो लाग्ने
निजी आवास पुनर्निर्माण प्राधिकरणको प्राथमिकतामा
निजी आवास पुनर्निर्माण प्राधिकरणको प्राथमिकतामा
ठुलो परिर्बतन पछि हामि नयाँ अबिभारा पुरा गर्ने बाटोमा अगाडी बढेका छौँ:  प्रधानमन्त्री ओली
ठुलो परिर्बतन पछि हामि नयाँ अबिभारा पुरा गर्ने बाटोमा अगाडी बढेका छौँ: प्रधानमन्त्री ओली

तपाईंले छुटाउनुभयो कि?