एमाले अध्यक्ष ओली र कम्बोडियाका प्रधानमन्त्रीबीच भेटवार्ता

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण ७, २०८०
|
|
३९ पटक हेरिएको
Shares
एमाले अध्यक्ष ओली र कम्बोडियाका प्रधानमन्त्रीबीच भेटवार्ता

सारांश

  • काठमाडौं ।
  • नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र कम्बोडियाका प्रधानमन्त्री हुन सेनबीच भेटवार्ता भएको छ ।
  • कम्बोडिया सरकारको निमन्त्रणामा निर्वाचन पर्यवेक्षकका रुपमा त्यहाँ पुगेका अध्यक्ष ओली र कम्बोडियाको प्रधानमन्त्रीबीच आज बिहान भेटवार्ता भएको अध्यक्ष ओलीको सचिवालयले जानकारी दिएको छ ।

काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र कम्बोडियाका प्रधानमन्त्री हुन सेनबीच भेटवार्ता भएको छ । कम्बोडिया सरकारको निमन्त्रणामा निर्वाचन पर्यवेक्षकका रुपमा त्यहाँ पुगेका अध्यक्ष ओली र कम्बोडियाको प्रधानमन्त्रीबीच आज बिहान भेटवार्ता भएको अध्यक्ष ओलीको सचिवालयले जानकारी दिएको छ ।

ओलीसँगै विभिन्न देशका २२ वरिष्ठ राजनीतिज्ञ अहिले निर्वाचन पर्यवेक्षणका लागि कम्बोडियामा छन् । सो अवसरमा अध्यक्ष ओलीले विभिन्न राष्ट्रका विशिष्ट राजनीतिज्ञसँग पनि भेटवार्ता गरेका छन् ।

निर्वाचन पर्यवेक्षकका रूपमा त्यहाँ पुगेका पाकिस्तानका पूर्वप्रधानमन्त्री युसुस राजा गिलानी र नाइजेरियाका पूर्वराष्ट्रपति जोनाथन गुडलकसँग पनि अध्यक्ष ओलीले शिष्टाचार भेटघाट गरेका छन् ।

अध्यक्ष ओलीले आजै कम्बोडियामा शान्ति र लोकतन्त्रका लागि अन्तर्राष्ट्रिय सम्मेलनलाई पनि सम्बोधन गरेका छन् । अध्यक्ष ओलीसँगै पत्नी राधिका शाक्य, उपमहासचिव विष्णु रिमाल, प्रमुख स्वकीय सचिव राजेश बज्राचार्य, स्वकीय फोटोग्राफर अधिकृत दिनेश भण्डारी यही साउन २ गते कम्बोडिया प्रस्थान गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दुर्घटनास्थलमा भिड हुँदा उद्धारमा कठिनाइ
दुर्घटनास्थलमा भिड हुँदा उद्धारमा कठिनाइ
भौगोलिक जोखिममा रहेका मानव बस्तीको व्यवस्थापन गरिने – मुख्यमन्त्री राई
भौगोलिक जोखिममा रहेका मानव बस्तीको व्यवस्थापन गरिने – मुख्यमन्त्री राई
शान्ति सुरक्षाको व्यवस्था चुस्त बनाउन एमालेको माग
शान्ति सुरक्षाको व्यवस्था चुस्त बनाउन एमालेको माग
गण्डकी प्रदेशसभाद्वारा दुई अध्यादेश स्वीकृत
गण्डकी प्रदेशसभाद्वारा दुई अध्यादेश स्वीकृत
अनुष्कासँग प्रेम र विवाहको चर्चा चुलिएपछि अन्ततः बोले प्रभास
अनुष्कासँग प्रेम र विवाहको चर्चा चुलिएपछि अन्ततः बोले प्रभास
सागर ढकालले देउवालाई माला लगाउन नपाएपछि टाढैबाट फूलले  पुजे
सागर ढकालले देउवालाई माला लगाउन नपाएपछि टाढैबाट फूलले पुजे
चार महिनामा साढे चार खर्ब नाघ्यो व्यापार घाटा
चार महिनामा साढे चार खर्ब नाघ्यो व्यापार घाटा
जसपा विधान अधिवेशन समितिको बैठक आह्वान
जसपा विधान अधिवेशन समितिको बैठक आह्वान
ओली र मबीच अव एकता टुंग्याउने ढंगले कुराहरु भएका छन् : प्रचण्ड
ओली र मबीच अव एकता टुंग्याउने ढंगले कुराहरु भएका छन् : प्रचण्ड
एनआरएनए जापानका उम्मेदवारहरुले धाँधली भएको भन्दै नयाँ निर्वाचनको मिति तोक्न माग (विज्ञप्तिसहित )
एनआरएनए जापानका उम्मेदवारहरुले धाँधली भएको भन्दै नयाँ निर्वाचनको मिति तोक्न माग (विज्ञप्तिसहित )