विमान दुर्घटनामा १९ को मृत्यु, चारजनाको जीवितै उद्धार

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र २५, २०७५
|
|
४५ पटक हेरिएको
Shares
विमान दुर्घटनामा १९ को मृत्यु, चारजनाको जीवितै उद्धार

सारांश

  • जुबा, दक्षिण सुडान, २४ भदौ ।
  • दक्षिण सुडानको मध्यभाग इस्टर्न लेक राज्यमा हवाई जहाज दुर्घटनाग्रस्त हुँदा विमानमा यात्रारत १९ जनाको मृत्युभएको उक्त क्षेत्रका एक मन्त्रीले पुष्टि गरेका छन् ।
  • “आइतबार बिहान चालक दलका सदस्यसहित २३ यात्रु लिएर जुबाबाट इरोलतर्फ उडेको र इरोल नजिकै पुग्दा दुर्घटनाग्रस्त भएको क्षेत्रीय सूचनामन्त्री अबेल अगुकले बताउनुभयो ।

जुबा, दक्षिण सुडान, २४ भदौ । दक्षिण सुडानको मध्यभाग इस्टर्न लेक राज्यमा हवाई जहाज दुर्घटनाग्रस्त हुँदा विमानमा यात्रारत १९ जनाको मृत्युभएको उक्त क्षेत्रका एक मन्त्रीले पुष्टि गरेका छन् ।“आइतबार बिहान चालक दलका सदस्यसहित २३ यात्रु लिएर जुबाबाट इरोलतर्फ उडेको र इरोल नजिकै पुग्दा दुर्घटनाग्रस्त भएको क्षेत्रीय सूचनामन्त्री अबेल अगुकले बताउनुभयो । घटनामा चार जनालाई सकुशल उद्धार गरिएको अगुकले बताउनुभयो ।

उहाँले दुर्घटनामा इरोलका पादरी सिमोन एडटको पनि निधन भएको बताउनुभयो । एक इटालीका एक नागरिकसहित दुई बालबालिकालाई भने जीवितै उद्धार गरिएको छ भने एक जनाको अझै परिचय खुल्न सकेको छैन ।दुर्घटनाग्रस्त विमान व्यवसायिक जहाज भएको मन्त्री अबेलले बताउनु भयो । मृतकमध्ये अधिकांश इरोलका नागरिक रहेको बुझिएको छ ।दुर्घटनापछि इरोल शहर शोकमा डुबेको छ । विमान दुर्घटनापछि इरोल शहरका पसलहरू बन्द भएका छन् ।
विमान अवतरण हुने समय बाक्लो हुस्सु लागेको र विमान अवतरणका लागि राम्रो अवस्था नरहेको भन्ने रिपोर्टहरू आफुले पाएको सूचनामन्त्रीले बताउनुभयो ।

संयुक्त राष्ट्रसंघद्वारा सञ्चालित रेडियो मिरायाले आफ्नो आधिकारिक ट्वीटर पेजमा विमानको भग्नाबशेष पानीमा डुबेको तस्वीर सार्वजनिक गरेको छ ।दक्षिण सुडानमा भारबहन क्षमताभन्दा बढी यात्रु तथा सामान बोक्ने कुरा सामान्य रहँदै आएको गर्दा आइतबारको दुर्घटनाको कारण पनि यस्तै भएको हुनसक्ने विश्वास गरिएको छ ।यस पहिले सन् २०१५ मा सोभियत संघ विघटनपूर्व बनेको एन्टोनोभ नामक विमान राजधानी जुबामा दुर्घटनाग्रस्त हँुदा कम्तीमा ३६ जनाको मृत्यु भएको थियो ।सन् २०१७ मा विमानसँग दमकल ठक्कर खाँदा धावनमार्गमा नै दुर्घटनाग्रस्त भएको थियो । तर विमानमा यात्रारत सबै ३७ जनालाई सकुशल उद्धार गरिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दुर्घटना न्यूनीकरणका लागि संवेदनशील र जिम्मेवार भएर लाग्न गृहमन्त्री लेखकको निर्देशन
दुर्घटना न्यूनीकरणका लागि संवेदनशील र जिम्मेवार भएर लाग्न गृहमन्त्री लेखकको निर्देशन
‘सांसदले फाइल बोकेर मन्त्रालयका कोठा, भर्याङ धाउनुपर्ने अवस्था सरकारले अन्त्य गरोस्’
‘सांसदले फाइल बोकेर मन्त्रालयका कोठा, भर्याङ धाउनुपर्ने अवस्था सरकारले अन्त्य गरोस्’
प्रेस युनियनको सल्लाहकारमा दाहाल र झा मनोनीत
प्रेस युनियनको सल्लाहकारमा दाहाल र झा मनोनीत
वाइसीएलको बैठक सम्पन्न, के गर्यो निर्णय ?
वाइसीएलको बैठक सम्पन्न, के गर्यो निर्णय ?
मलेसियाबाट एक नेपाली चेलिको उद्वार, म्यनपावरले माग्याे हवाइभाडा
मलेसियाबाट एक नेपाली चेलिको उद्वार, म्यनपावरले माग्याे हवाइभाडा
सर्लाहीमा दुईवटा भारतीय मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
सर्लाहीमा दुईवटा भारतीय मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
लकडाउनमा साढे ३४ हजार नेपाली स्वदेश फर्किए
लकडाउनमा साढे ३४ हजार नेपाली स्वदेश फर्किए
विपद् पूर्वतयारीमा जुट्न मुख्यमन्त्रीको निर्देशन
विपद् पूर्वतयारीमा जुट्न मुख्यमन्त्रीको निर्देशन
रेशम चौधरीलाई आममाफी दिने प्रस्ताव राष्ट्रपतिद्वारा फिर्ता
रेशम चौधरीलाई आममाफी दिने प्रस्ताव राष्ट्रपतिद्वारा फिर्ता
थप ५० जनामा कोभिड-१९ को संक्रमण पुष्टि
थप ५० जनामा कोभिड-१९ को संक्रमण पुष्टि