ओली र मबीच अव एकता टुंग्याउने ढंगले कुराहरु भएका छन् : प्रचण्ड

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष १०, २०७४
|
|
२१ पटक हेरिएको
Shares
ओली र मबीच अव एकता टुंग्याउने ढंगले कुराहरु भएका छन् : प्रचण्ड

सारांश

  • काठमाडौं, १० पुस ।
  • नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले–माओवादी केन्द्रवीचको एकता प्रक्रिया अब चाँडै टुँग्गिने विश्वास दिलाएका छन् ।
  • उनले पछिल्ला दिनहरुमा मिडियामा खासगरी कतिपय समाचारहरु बडो भ्रामक भइदिने र तिनले जनमानसमा निकै नै नकारात्मक धारणा बनाइदिने गरेको गुनासो पोख्दै भने,‘यस बीचमा पार्टी एकता वा वाम गठबन्धन के हुन्छ भन्ने बारेमा मिडियामा कहिँ न कहिँ कपोलकल्पित खालका र भ्रामक समाचारहरु आएका छन्’ उनले अघि थपे,‘बुद्धिजीवी साथीहरुले त्यस्ता समाचारहरुको आधिकारिकता पुष्टि नगरिकन तिनलाई विश्वास नगरिदिन म अनुरोध गर्न चाहन्छु ।

काठमाडौं, १० पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले–माओवादी केन्द्रवीचको एकता प्रक्रिया अब चाँडै टुँग्गिने विश्वास दिलाएका छन् ।

उनले पछिल्ला दिनहरुमा मिडियामा खासगरी कतिपय समाचारहरु बडो भ्रामक भइदिने र तिनले जनमानसमा निकै नै नकारात्मक धारणा बनाइदिने गरेको गुनासो पोख्दै भने,‘यस बीचमा पार्टी एकता वा वाम गठबन्धन के हुन्छ भन्ने बारेमा मिडियामा कहिँ न कहिँ कपोलकल्पित खालका र भ्रामक समाचारहरु आएका छन्’ उनले अघि थपे,‘बुद्धिजीवी साथीहरुले त्यस्ता समाचारहरुको आधिकारिकता पुष्टि नगरिकन तिनलाई विश्वास नगरिदिन म अनुरोध गर्न चाहन्छु ।’

उनले आफूहरुवीचको पार्टी एकताको प्रक्रिया गम्भीरताका साथ अगाडि बढेको समेत जानकारी दिए । उनले थपे,‘कमरेड केपी ओली र म बीच अव एकता टुंग्याउने ढंगले कुराहरु भएका छन् । नेपाली जनताले, बुद्धिजीवीले र आम कार्यकर्ताले समेत अनुमोदन गरिसकेको र हामीले एउटा निर्णायक पहल गरिसकेको कुराबाट पछि हट्ने कल्पना लिडरसिपले कहिँ कतै गरेको छैन । म तपाईंहरुलाई त्यो विश्वास दिलाउन चाहन्छु ।’

आफूले यसअघि नै आफूहरुले पुल भत्काएर अगाडि बढेको कुरा बताएको स्मरण गराउँदै अब फेरि फर्किने ठाउँ राखेर अगाडि बढेकै होइन भन्ने स्पष्ट पारे । उनले भने,‘एमालेका नेताहरुले पनि र माओवादीका नेताहरुले पनि । मैले र कमरेड केपी ओलीले जानीबुझीकनै पुल बाँकी राखियो भने फर्किने खतरा रहन्छ पूरै भत्काइदिउँ भनेर पुल भत्काएर एकैचोटी हामफालेको हो ।’

उनले एकताबाट अव पछाडि फर्किने कुनै सम्भावना नै नहरहेको बताए । ‘हुनसक्छ, मिलाउने कुरामा केहि जटिलता हुन पनि सक्छ’ अध्यक्ष प्रचण्डले भने,‘तर, ती जटिलताका विभिन्न विकल्प हामीले सोचिसकेका छौं । ती विभिन्न विकल्प मध्ये कुनै पनि विकल्प पार्टी एकता र वाम गठबन्धनलाई कमजोर पार्ने होइन अगाडि जाने मात्रै विकल्प छन्, पछि हट्ने विकल्प छैनन् । यो कुरा प्रष्टसँग राख्न चाहन्छु ।’

प्रतिक्रिया

4 कमेन्ट

    Comment Author

    Mohan Kayasta

    I doubt. Like Sauta and $auti.

    Comment Author

    Dipendra Keshari Basnet

    यसले देश डुबाउने भयो .

    Comment Author

    Kuber Pariyar

    Ab pani tapai haru milnu bhayana bhane ab mero deskaa jantale tapi haru lai thukknechha ra tapai haru ko aastitwani mitinechha

    Comment Author

    Bharat Shrestha

    Bastabik kura gara janatalai kina bharma parchhau

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 4
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?