एमाले धनी, माओवादीको ऋणैऋण
सारांश
- नेपाल कम्युनिष्ट पार्टीमा तत्कालीन एमाले र तत्कालीन माओवादी केन्द्रमध्ये आर्थिक रुपमा एमाले धनी रहेको पाईएको छ ।
- एमालेको दैनिक आम्दानी करिव चार लाख रुपैयाँ देखिएको छ भने माओवादी केन्द्रको यस्तो आम्दानी रहेको पाइँदैन ।
- माओवादी उल्टै १४ करोड रुपैयाँ ऋणमा डुबेको देखिएको छ ।
नेपाल कम्युनिष्ट पार्टीमा तत्कालीन एमाले र तत्कालीन माओवादी केन्द्रमध्ये आर्थिक रुपमा एमाले धनी रहेको पाईएको छ ।
एमालेको दैनिक आम्दानी करिव चार लाख रुपैयाँ देखिएको छ भने माओवादी केन्द्रको यस्तो आम्दानी रहेको पाइँदैन । माओवादी उल्टै १४ करोड रुपैयाँ ऋणमा डुबेको देखिएको छ ।
दुई पार्टीबीच एकीकरण भएपछि आम्दानी र ऋणको हिसावकिताव संकलन गर्ने क्रममा यस्तो तथ्यांक भेटिएको हो । एकीकरणअघिको अन्तिम संयुक्त बैठकमा दुई पार्टीबीच दुवै पार्टीका सम्पत्ति र जायजेथा नेपाल कम्युनिष्ट पार्टीको हुने सहमति भएको थियो ।
आजको नागरिक दैनिकमा यो खबर छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया