बृद्धभत्ता ५ हजार पुराउने सरकारको तयारी
सारांश
- काठमाडौं ।
- सरकारले बृद्धभत्ता बढाएर मासिक ५ हजार रुपैयाँ पुराउनेगरी तयारी गर्न थालेको छ ।
- कञ्चनपुर पुगेका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले आगामी आर्थिक वर्षको बजेटमा सामाजिक सुरक्षा भत्ता बढाउने बताएका छन् ।
काठमाडौं । सरकारले बृद्धभत्ता बढाएर मासिक ५ हजार रुपैयाँ पुराउनेगरी तयारी गर्न थालेको छ । कञ्चनपुर पुगेका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले आगामी आर्थिक वर्षको बजेटमा
सामाजिक सुरक्षा भत्ता बढाउने बताएका छन् । मन्त्री पोखरलले चुनावका बेला गरेको प्रतिबद्धताअनुसार बृद्धभत्ता ५ हजार रुपैइाँ पुर्याउने तयारी गरेको बताए ।
वर्तमान सरकारले ५ वर्षभित्र जेष्ठ नागरिकको भत्ता ५ हजार पुर्याउने वाचा सुनाए । उनले आगामी ५ वर्षभित्र ज्येष्ठ नागरिक लगायतको भत्ता ५ हजार पुर्याउने गरी आगामी वर्षदेखि नियमित रुपमा बढाउँदै लैजाने बताए ।
यसअघि प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाललगायतले पनि बृद्धभत्ता बढ्ने बताएका थिए ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया