नेपालद्वारा युएईलाई १०५ रनको लक्ष्य

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ २०, २०७५
|
|
४३ पटक हेरिएको
Shares
नेपालद्वारा युएईलाई १०५ रनको लक्ष्य

सारांश

  • यूएईविरुद्धको तेस्रो तथा अन्तिम टीट्वेन्टीमा नेपालले रनको १०५ लक्ष्य प्रस्तुत गरेको छ।
  • वर्षाका कारण १० ओभरमा घटाईएको खेलमा नेपालले ८ विकेट गुमाएर १०४ रन जोडेको हो।
  • नेपालका पारस खड्काले १४ बलमा एक छक्का र चार चौकासहित २९ रन जोडे।

यूएईविरुद्धको तेस्रो तथा अन्तिम टीट्वेन्टीमा नेपालले रनको १०५ लक्ष्य प्रस्तुत गरेको छ। वर्षाका कारण १० ओभरमा घटाईएको खेलमा नेपालले ८ विकेट गुमाएर १०४ रन जोडेको हो।

नेपालका पारस खड्काले १४ बलमा एक छक्का र चार चौकासहित २९ रन जोडे। सन्दीप जोराले ११ बलमा ३ छक्कासहित २८ रन बनाए। विनोद भन्डारीले १३ बलमा १ छक्का र २ चौकासहित २१ रन जोडे। करन केसीले पाँच बलमा एक छक्कासहित १० रन बनाए। टस जितेको यूएईले नेपाललाई पहिला ब्याटिङ गर्ने जिम्मा दिएको थियो। यूएईका मोहम्मद नाविदले दुई ओभरमा एक मेडन राखेर दुई विकेट लिँदै ६ रनमात्र खर्चिए।

शृंखला १(१ को बराबरीमा रहेकाले यो खेल जित्ने टोली शृंखलाको विजेता बन्ने छ। शृंखलाअन्तर्गत पहिलो खेल यूएई र दोस्रो खेल नेपालले जितेको थियो। यूएई भ्रमणमा रहेको नेपालले तीन खेलको एकदिवशीय शृंखला २(१ ले जितेको थियो।

पहिलोपटक एकदिवशीय शृंखला जितेको नेपाल टीट्वेन्टीमा पनि पहिलोपटक शृंखला विजेता बन्‍ने प्रयासमा छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ