बूढानीलकण्ठ धर्मशालाको उद्घाटन

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ २१, २०८०
|
|
२२ पटक हेरिएको
Shares
बूढानीलकण्ठ धर्मशालाको उद्घाटन

सारांश

  • काठमाडौं।
  • उपराष्ट्रपति रामसहायप्रसाद यादवले  काठमाडौंको बूढानीलकण्ठ नगरपालिका-३ मा निर्मित बूढानीलकण्ठ धर्मशाला (अतिथि गृह)को उद्घाटन गरेका छन् ।
  • भारत सरकारको करिब  पाँच करोड अनुदान सहयोगमा सो धर्मशालाको निर्माण भएको हो ।

काठमाडौं। उपराष्ट्रपति रामसहायप्रसाद यादवले  काठमाडौंको बूढानीलकण्ठ नगरपालिका-३ मा निर्मित बूढानीलकण्ठ धर्मशाला (अतिथि गृह)को उद्घाटन गरेका छन् ।

भारत सरकारको करिब  पाँच करोड अनुदान सहयोगमा सो धर्मशालाको निर्माण भएको हो ।

सो अवसरमा उनले भूकम्पपछिको पुनःनिर्माणमा भारत सरकारले पुर्‍याएको सहयोगको सराहना गरे।

समारोहमा प्रतिनिधिसभा सदस्यद्वय गगनकुमार थापा र प्रदीप पौडेल, बूढानीलकण्ठ मन्दिरका मठाधीश स्वामी निगमानन्द, भारतीय राजदूतावास, काठमाडौंका नियोग उपप्रमुख प्रसन्न श्रीवास्तव, गुठी संस्थानका प्रमुख डा शिवराज पण्डित, बूढानीलकण्ठ मन्दिर समितिका प्रतिनिधि तथा नेपाल सरकारका र भारतीय राजदूतावासका पदाधिकारीको उपस्थिति थियो ।

नेपालको सांस्कृतिक सम्पदा क्षेत्रमा भूकम्पपछिको पुनःनिर्माण अनुदानअन्तर्गत यो परियोजनाको निर्माण भएको हो । विसं २०७२ को भूकम्पले क्षति पुर्‍याएका सम्पदाको संरक्षण एवं पुनःनिर्माणका लागि पुरातत्व विभागले तयार पारेको आधारभूत निर्देशिकाबमोजिम बूढानीलकण्ठ मन्दिरको पुनःनिर्माण भएको हो ।

केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन तथा आवास) र सहरी विकास तथा भवन निर्माण विभागले यस परियोजनाको कार्यान्वयन गरेको हो । नवनिर्मित साढे तीनतले धर्मशालाले बूढानीलकण्ठ मन्दिरमा आउने तीर्थयात्रीलाई सेवा दिनेछ ।

भारत सरकारले नेपालको सात जिल्लामा रहेका २८ वटा सांस्कृतिक सम्पदा क्षेत्रको संरक्षण गर्ने प्रतिबद्धता गरेको छ । यसका अतिरिक्त भूकम्पपछिको पुनःनिर्माण अनुदानअन्तर्गत भारत सरकारले गोरखा र नुवाकोट जिल्लामा ५० हजार निजी घर पुनःनिर्माण, आठ जिल्लामा ७१ वटा शैक्षिक संस्था र १० जिल्लामा एक सय ३२ वटा स्वास्थ्य सुविधा पुनःनिर्माणका लागि सहयोग प्रदान गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सगरमाथाको आरोहण गर्ने क्रममा दुइ जनाको मृत्यु !
सरकारको नीति तथा कार्यक्रम १ जेठमा
सरकारको नीति तथा कार्यक्रम १ जेठमा
गोरखाको धार्चे गाउँपालिकामा  मौसमी रुघाखोकी , स्वास्थ्य संस्थामा औषधि अभाव
गोरखाको धार्चे गाउँपालिकामा मौसमी रुघाखोकी , स्वास्थ्य संस्थामा औषधि अभाव
एक वर्षे कार्यकालको विवरण सार्वजनिक गर्दै मन्त्री पुनले भने–मन्त्रिमण्डल हेरफेर हुन सक्छ
एक वर्षे कार्यकालको विवरण सार्वजनिक गर्दै मन्त्री पुनले भने–मन्त्रिमण्डल हेरफेर हुन सक्छ
सत्यमोहन जोशीकी पत्नी राधादेवीको निधन
सत्यमोहन जोशीकी पत्नी राधादेवीको निधन
‘सी ओ डब्लु काउ’ मा रीमा विश्वकर्माको मादक नृत्य
‘सी ओ डब्लु काउ’ मा रीमा विश्वकर्माको मादक नृत्य
शान्ति सुरक्षाको अवस्था सुदृढ छः गृहमन्त्री थापा
शान्ति सुरक्षाको अवस्था सुदृढ छः गृहमन्त्री थापा
सुन प्रकरणका आरोपीको म्याद मिलान, सात दिन हिरासतमा राख्न अनुमति
सुन प्रकरणका आरोपीको म्याद मिलान, सात दिन हिरासतमा राख्न अनुमति
‘नेपाल सन् २०३० अगावै मध्यम आय भएको मुलुक बन्न चाहन्छ’ : राष्ट्रपति भण्डारी
‘नेपाल सन् २०३० अगावै मध्यम आय भएको मुलुक बन्न चाहन्छ’ : राष्ट्रपति भण्डारी
प्रमुखदेखि वडाअध्यक्षसम्मको तलब तोकियो, कसको कति ?
प्रमुखदेखि वडाअध्यक्षसम्मको तलब तोकियो, कसको कति ?

तपाईंले छुटाउनुभयो कि?