शुरु भयो रेल! विराटनगरमा रेलबाट सामान आउन थाल्यो
सारांश
- वीरगन्ज – अहिलेसम्म वीरगन्ज नाकामात्र तेस्रो मुलुकसँगको व्यापारका लागि भारतीय रेल्वे सञ्जालमार्फत समुद्री बन्दरगाहबाट जोडिएकामा बुधबारदेखि विराटनगर नाकामा पनि उक्त सुविधा सुरु भएको छ ।
- नेपालका लागि विदेशबाट आयातित मालसामान बोकेका कन्टेनर लिएर बुधबार एक समारोहबीच कोलकाताबाट पहिलो ¥याक (कन्टेनरबाहक रेल) विराटनगर नाकाका लागि हिँडेको छ।
- ‘आजदेखि विराटनगर नाकामा रेलबाट कन्टेनर जान सुरु भएको छ,’ कोलकातास्थित भारतका लागि नेपाली महावाणिज्यदूत एकनारायण अर्यालले भने ।
वीरगन्ज – अहिलेसम्म वीरगन्ज नाकामात्र तेस्रो मुलुकसँगको व्यापारका लागि भारतीय रेल्वे सञ्जालमार्फत समुद्री बन्दरगाहबाट जोडिएकामा बुधबारदेखि विराटनगर नाकामा पनि उक्त सुविधा सुरु भएको छ । नेपालका लागि विदेशबाट आयातित मालसामान बोकेका कन्टेनर लिएर बुधबार एक समारोहबीच कोलकाताबाट पहिलो ¥याक (कन्टेनरबाहक रेल) विराटनगर नाकाका लागि हिँडेको छ।
‘आजदेखि विराटनगर नाकामा रेलबाट कन्टेनर जान सुरु भएको छ,’ कोलकातास्थित भारतका लागि नेपाली महावाणिज्यदूत एकनारायण अर्यालले भने । विराटनगर नजिकै सीमापारी रहेको बथनाहा रेल्वे स्टेसनमा मगाई विराटनगर नाकाबाट कन्टेनर नेपाल भित्र्याउने सुविधा अब थपिएको हो।
वीरगन्जमा सुक्खा बन्दरगाह स्थापना हुनुअघि यसैगरी कोलकाता बन्दरगाहबाट सीमावर्ती भारतीय सहर रक्सोल स्टेसनमा कन्टेनर मगाई नेपाली व्यापारीले भिœयाउने गरेका थिए । अब त्यस्तै सुविधा नेपालको अर्को ठूलो नाकामा थपिएपछि व्यापारमा यसबाट सहजता हुने अर्यालको भनाइ छ।
बुधबार कोलकाता बन्दरगाहबाट कन्टेनर बोकेर मालवाहक रेल बथनाहाका लागि हिँडेको हो । उक्त रेल बथनाहा स्टेसनमा आइपुगेपछि त्यहाँबाट नेपाली आयातकर्ताले आफ्नो सुविधा अनुसार प्लेटफर्म ट्रकमा हालेर नेपाल भित्र्याउने छन् ।
कन्टेनर र अरु मालसामान रेलमार्गबाट ढुवानी गर्ने, भारतीय रेल्वेको भगिनी संस्था भारतीय कन्टेनर निगम लिमिटेड (कोन्कोर)ले उक्त सेवा नेपाली व्यापारका लागि विस्तार गरेर सेवा सुरु गरेको हो । नेपाली सिमानासँग जोडिएको भारतको बिहार प्रान्तको अररिया जिल्लाको सीमावर्ती बजार बथनाहामा पहिलेदेखि रेल स्टेसन छ । उक्त ठाउँमा कन्टेनर ओसारपसारका लागि चाहिने यन्त्र र पूर्वाधार विकासमा कन्कोर लगाएको छ ।
आजको नागरिक दैनिकमा खबर छ ।
प्रतिक्रिया