एमाले नेता शंकर पोखरेलले आफू चुनावी तालमेल र एकताको विपक्षमा रहेको भन्ने भ्रमपुर्ण समाचारको खण्डन गर्नु भएको छ ।
सारांश
- एमाले नेता शंकर पोखरेलले आफू चुनावी तालमेल र पार्टी एकताको विपक्षमा रहेको भन्ने समाचारको खण्डन गरेका छन् ।
- यस्तो समाचार चुनावी तालमेल र एकता प्रयास प्रति अविश्वास र वैमन्यश्य पैदा गर्ने मनसायवाट प्रेरित भइ प्रकाशित गरिएको उनको जिकिर छ ।
- नेता पोखरेल नेकपा (एमाले), नेकपा माओवादी केन्द्र र नयाँ शक्तिबिच भएको एकताको विपक्षमा रहेको भन्दै केही अनलाइनले समाचार प्रकाशन गरेको थियो ।
एमाले नेता शंकर पोखरेलले आफू चुनावी तालमेल र पार्टी एकताको विपक्षमा रहेको भन्ने समाचारको खण्डन गरेका छन् । यस्तो समाचार चुनावी तालमेल र एकता प्रयास प्रति अविश्वास र वैमन्यश्य पैदा गर्ने मनसायवाट प्रेरित भइ प्रकाशित गरिएको उनको जिकिर छ । नेता पोखरेल नेकपा (एमाले), नेकपा माओवादी केन्द्र र नयाँ शक्तिबिच भएको एकताको विपक्षमा रहेको भन्दै केही अनलाइनले समाचार प्रकाशन गरेको थियो । ती समाचारमा माओवादी एमालेमा विलय भएको भनेर नेता पोखरेलले बताएको उल्लेख थियो ।
नेता पोखरेलले विहिबार स्टाटस लेख्दै चुनावी तालमेल र एकता प्रयास पार्टी केन्द्रीय कमिटीको निर्णय एवम् आफ्नै भावना अनुरुप रहेको स्पष्ट पारेका छन् । ‘खासै नाम नसुनिएका केही अनलाइनहरुमा चुनावी तालमेल र पार्टी एकता प्रयासका विपक्षमा मेरो भनाई भन्दै भ्रमपूर्ण समाचारहरु सम्प्रेषण भएको प्रति मेरो गंभीर ध्यानाकर्षण भएको छ,’ उनले लेखेका छन्, ‘चुनावी तालमेल र एकता प्रयास प्रति अविश्वास र वैमन्यश्य पैदा गर्ने मनसायवाट प्रेरित भइ प्रकाशित गरिएका भ्रमपूर्ण समाचारहरुमा कुनै सत्यता नरहेको स्पष्ट गर्दछु । चुनावी तालमेल र एकता प्रयास पार्टी केन्द्रीय कमिटीको निर्णय एवम् मेरो आफ्नै भावना अनुरुप रहेको जानकारी गराउन चाहन्छु ।’ उनले संविधानसभावाट संविधान निर्माण भएसंगै समाजवादका पक्षधर शक्तिहरु एक ठाउमा आउनु आवश्यक रहेको पनि बताएका छन् ।

नेता पोखरेललेपार्टी अध्यक्षको नेतृत्वको सरकारवाट माओवादी केन्द्रको वहिर्गमन गलत कदम भएको बताएका छन्। उनले भनेका छन् ‘अहिलेको एकता प्रयास त्यस कमजोरीलाई सच्याउने प्रयास हो भन्ने अर्थमा मैले वुझेको छु । तसर्थ यसलाई कसैको जित र हारको विषयका रुपमा नलिइ सकारात्मक पहलका रुपमा लिन अनुरोध गर्दछु ।’

Rajan Dhungana
Yes
Ramesh Bhattarai
ढिलो भएपनि बुद्धि पलायकोमा बधाई छ
Arun Bam
धन्यवाद यसो भनेको मा