प्रधानमन्त्री प्रचण्डसँग रास्वपा सभापति लामिछानेको भेटवार्ता, के भयाे छलफल ?

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख १७, २०८०
|
|
५६ पटक हेरिएको
Shares
प्रधानमन्त्री प्रचण्डसँग रास्वपा सभापति लामिछानेको भेटवार्ता, के भयाे छलफल ?

सारांश

  • काठमाडौँ ।
  • प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भेटवार्ता गरेका छन् ।
  • प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा मुलुकको समसामयिक राजनीतिक अवस्थाबारे कुराकानी भएको रास्वपाका उपसभापति डोलप्रसाद अर्यालले जानकारी दिए ।

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा मुलुकको समसामयिक राजनीतिक अवस्थाबारे कुराकानी भएको रास्वपाका उपसभापति डोलप्रसाद अर्यालले जानकारी दिए । उनका अनुसार रास्वपाको सरकारप्रतिको धारणा बुझ्नका लागि प्रधानमन्त्री दाहालले रास्वपा नेतृत्वसँग छलफल गरेका छन् ।

“अहिलेको समसामयिक राजनीतिक विषयमा कुराकानी भयो, हाम्रो पार्टीको भोलि केन्द्रीय समिति र संसदीय दलको बैठक पनि बस्दैछ, सोही सन्दर्भमा सरकारप्रति पार्टीको धारणा बुझ्नका लागि पनि प्रधानमन्त्रीले सभापतिसँग छलफल गर्नुभएको हो”, उपसभापति अर्यालले भने ।

भेटका क्रममा प्रधानमन्त्री दाहालले उपनिर्वाचनबाट सांसद पदमा निर्वाचित भएकामा सभापति लामिछानेलाई बधाई दिएका थिए । रास्वपाको केन्द्रीय समितिको बैठक भोलि सोमबार बिहान ११ बजे बस्दैछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अमेरिकाको रहस्यः सोचे भन्दा धेरै पहिलेदेखि मानव बसोबास
अमेरिकाको रहस्यः सोचे भन्दा धेरै पहिलेदेखि मानव बसोबास
दैनिक पिउनुहोस् गाजरको जुस, पाउनु हुनेछ यस्ता लाभ
दैनिक पिउनुहोस् गाजरको जुस, पाउनु हुनेछ यस्ता लाभ
नेपालगञ्जमा मोहम्मद जयन्तीको रौनक, आज मुस्लिम धर्मावलम्बीका लागि बिदा
नेपालगञ्जमा मोहम्मद जयन्तीको रौनक, आज मुस्लिम धर्मावलम्बीका लागि बिदा
बेँसीसहर–चामे सडक स्तरोन्नति काम ४० प्रतिशत मात्र
बेँसीसहर–चामे सडक स्तरोन्नति काम ४० प्रतिशत मात्र
नेकपा कार्यदल गोप्य छलफलमा
नेकपा कार्यदल गोप्य छलफलमा
भाजपाले कटायो तीन सय सिट, मोदी दोस्रो कार्यकालका लागि प्रधानमन्त्री बन्ने पक्का
भाजपाले कटायो तीन सय सिट, मोदी दोस्रो कार्यकालका लागि प्रधानमन्त्री बन्ने पक्का
सर्वोच्चको पूर्ण बैठकले भन्यो- महाभियोग समितिमा सर्वोच्चका न्यायाधीश उपस्थित हुन मिल्दैन
सर्वोच्चको पूर्ण बैठकले भन्यो- महाभियोग समितिमा सर्वोच्चका न्यायाधीश उपस्थित हुन मिल्दैन
आलम प्रकरणमा प्रत्यक्षदर्शीले धमाधम बयान फेर्न थाले पछि…
आलम प्रकरणमा प्रत्यक्षदर्शीले धमाधम बयान फेर्न थाले पछि…
चिकित्सा शिक्षा विधेयक परिमार्जनसम्बन्धी सहमति केलाउँदै सांसदहरु
चिकित्सा शिक्षा विधेयक परिमार्जनसम्बन्धी सहमति केलाउँदै सांसदहरु
आजको राशिफल
आजको राशिफल