चीनमा घुस लिएको आरोपमा बैंकका पूर्वप्रमुखलाई निलम्बित मृत्युदण्डको सजाय

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ २३, २०८०
|
|
५९ पटक हेरिएको
Shares
चीनमा घुस लिएको आरोपमा बैंकका पूर्वप्रमुखलाई निलम्बित मृत्युदण्डको सजाय

सारांश

  • काठमाडौं।
  • वित्तीय क्षेत्रमा भ्रष्टाचार विरुद्धको कारवाहीमा पछिल्लो निर्णयका रूपमा राज्यसमर्थित चिनियाँ बैंकका पूर्वप्रमुखलाई घुस लिएको आरोपमा निलम्बित मृत्युदण्डको सजाय दिइएको सरकारी सञ्चारमाध्यमले बताएको छ।
  • चीनका राष्ट्रपति सि जिनपिङले एक दशकअघि सत्तामा आएदेखि नै गहिरो तहमा रहेको भ्रष्टाचारविरुद्ध व्यापक अभियान चलाएका थिए।

काठमाडौं। वित्तीय क्षेत्रमा भ्रष्टाचार विरुद्धको कारवाहीमा पछिल्लो निर्णयका रूपमा राज्यसमर्थित चिनियाँ बैंकका पूर्वप्रमुखलाई घुस लिएको आरोपमा निलम्बित मृत्युदण्डको सजाय दिइएको सरकारी सञ्चारमाध्यमले बताएको छ।

चीनका राष्ट्रपति सि जिनपिङले एक दशकअघि सत्तामा आएदेखि नै गहिरो तहमा रहेको भ्रष्टाचारविरुद्ध व्यापक अभियान चलाएका थिए। यद्यपि आलोचकहरूले उक्त नीतिले उहाँलाई राजनीतिक प्रतिद्वन्द्वीहरूलाई समाप्त गर्न सहयोग पुगेको बताएका छन् ।

चाइना मर्चेन्ट्स बैंकका पूर्वअध्यक्ष तियान ह्युईलाई दुई वर्षको राहतसँगै मृत्युदण्डको सजाय सुनाइएको छ। दुई वर्षपछि मृत्युदण्डको सजायलाई आजीवन कारावासमा परिणत गर्न सकिनेछ

सरकारी प्रसारक सिसिटिभीका अनुसार तियानलाई ‘घुस स्वीकार गरेको’ दोषी पाइएको छ। साथै उनलाई दशकौँसम्म ‘राज्यको स्वामित्वमा रहेको कम्पनीका कर्मचारीहरूको शक्तिको दुरुपयोग गरेको, अज्ञात जानकारीको व्यापार गरेको, भित्री व्यापार गरेको र आन्तरिक जानकारी चुहाएको’ दोषी पाइएको छ।

भ्रष्टाचारविरोधी अभियानले आफ्नो ध्यान मुलुकका केही प्रमुख फाइनान्सरहरूमाथि केन्द्रित गरेपछि तियान पहिलोपटक सन् २०२२ अप्रिलमा सार्वजनिक अनुसन्धानको दायरामा आएका थिए। डिसेम्बरमा चाइना डेभलपमेन्ट बैंकका पूर्वउपाध्यक्ष झोउ किङ्युलाई घुस लिएको आशंकामा पक्राउ गरिएको थियो।

जनवरीमा राज्यको स्वामित्वमा रहेको चिनियाँ बैङ्किङ एभरब्राइट ग्रुपका पूर्वअध्यक्षलाई भ्रष्टाचार र घुस लिएको आशंका पक्राउ गरिएको थियो । यसका अतिरिक्त गत महिना चाइना डेभलपमेन्ट बैंकका पूर्वशीर्ष कार्यकारी हे जिङजियाङलाई घुस लिएको आरोपमा २० वर्षको कारगार सजाय दिइएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

किन मान्दैनन् प्रचण्डसहित शीर्ष नेताले मधेस छाड्न ?
किन मान्दैनन् प्रचण्डसहित शीर्ष नेताले मधेस छाड्न ?
कलम र बोलीबाट त्रसित भएर शेरबहादुर देउवा नेतृत्वको सरकारले कृष्ण सेनलाई कुटी कुटी मार्यो: प्रभात चलाउने
कलम र बोलीबाट त्रसित भएर शेरबहादुर देउवा नेतृत्वको सरकारले कृष्ण सेनलाई कुटी कुटी मार्यो: प्रभात चलाउने
नेकपाका नेता चौलागाईंलाई पितृ शोक
एमालेको चुनावी घोषणापत्र आज सार्वजनिक हुने
एमालेको चुनावी घोषणापत्र आज सार्वजनिक हुने
कांग्रेसमा महाधिवेशन केन्द्रित शक्तिसंघर्ष
कांग्रेसमा महाधिवेशन केन्द्रित शक्तिसंघर्ष
Демо Игровые Автоматы Играть Бесплатно кроме Регистрации В Слоты%2C Особенности Версии также Игре В Онлайн Казино
सुत्केरी महिलाको उद्धारगर्न हेलिकप्टर लिएर आफै पुगे मन्त्री
सुत्केरी महिलाको उद्धारगर्न हेलिकप्टर लिएर आफै पुगे मन्त्री
अमेरिकामा शरणार्थीको आगमन कटौती गर्ने ट्रम्पको योजना
तीन सय ५० बाढीपीडितको औषधोपचार
तीन सय ५० बाढीपीडितको औषधोपचार
आज बडादशैको महाष्टमी, महाकालीको पूजा गर्दै कालरात्री गर्ने
आज बडादशैको महाष्टमी, महाकालीको पूजा गर्दै कालरात्री गर्ने