एमाले–माओवादी केन्द्र एकताको दिन प्रकाश दाहाललाई सम्झिए दिपेशले

Shikharkhabar Shikharkhabar
|
मंगलबार, फाल्गुन ८, २०७४
|
|
२८ पटक हेरिएको
Shares
एमाले–माओवादी केन्द्र एकताको दिन प्रकाश दाहाललाई सम्झिए दिपेशले

सारांश

  • काठमाडौं, ७ फागुन ।
  • एमाले र माओवादी केन्द्रबीच पार्टी एकताका लागि ७ बुँदे सहमति भएलगत्तै उपराष्ट्रपतिपुत्र तथा अखिल (क्रान्तिकारी)का केन्द्रीय उपाध्यक्ष दिपेश पुनमगरले प्रचण्डपुत्र स्व.
  • प्रकाश दाहालको सम्झना गरेका छन् ।

काठमाडौं, ७ फागुन । एमाले र माओवादी केन्द्रबीच पार्टी एकताका लागि ७ बुँदे सहमति भएलगत्तै उपराष्ट्रपतिपुत्र तथा अखिल (क्रान्तिकारी)का केन्द्रीय उपाध्यक्ष दिपेश पुनमगरले प्रचण्डपुत्र स्व. प्रकाश दाहालको सम्झना गरेका छन् । सहमतिपत्र सार्वजनिक भएलगत्तै पुनले स्व. प्रकाश दाहाललाई सम्झिदै यसमा प्रकाशको पनि योगदान र मेहनत मिसिएको उल्लेख गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा दिपेशले लेखेका छन्, “तपाईको योगदान र मेहनत मिसिएको वाम एकता सफल भएको यो ऐतिहासिक दिन तर तपाई बिनाको यो क्षण म शब्दमा व्यक्त गर्न सक्दिन दाइ । i miss you prakash dai !!!”

वाम एकताको घोषणा भएपछि प्रचण्डपुत्र प्रकाश र उपराष्ट्रपतिपुत्र दिपेश अत्यन्त उत्साहित देखिएका थिए । पछि चुनावको प्रचारप्रसार चलिरहेकै अवस्थामा प्रचण्डपुत्र प्रकाश दाहालको मृत्यु भएको थियो ।

https://www.facebook.com/dipeshpm/posts/10209530647176922

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?