“अर्घाखाँचीमा दुर्घटना न्युनिकरण गर्न ट्राफिक प्रहरीले सुरू गर्यो चालकको स्वास्थ्य परिक्षण”

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ १०, २०७५
|
|
२५ पटक हेरिएको
Shares
“अर्घाखाँचीमा दुर्घटना न्युनिकरण गर्न ट्राफिक प्रहरीले सुरू गर्यो चालकको स्वास्थ्य परिक्षण”

सारांश

  •  बिष्णु कुमार आले माग १०, अर्घाखाँची ।
  • "स्वच्छ चालक, सफल यात्रा" भन्ने मुल नारा सहित ट्राफिक प्रहरी अर्घाखाँचीले सवारी चालकहरूको अाज स्वास्थ्य परिक्षण गराएको छ ।
  • शारिरिक तथा मानसिक रूपमा स्वच्छ नभएको चालकले यात्रा गन्तव्य सम्म पुराउन नसक्ने निष्कर्ष सहित जिल्ला ट्राफिक प्रहरी अर्घाखाँचीले यस्तो अभियान सुरू गरेको हो ।
 बिष्णु कुमार आले माग १०, अर्घाखाँची । "स्वच्छ चालक, सफल यात्रा" भन्ने मुल नारा सहित ट्राफिक प्रहरी अर्घाखाँचीले सवारी चालकहरूको अाज स्वास्थ्य परिक्षण गराएको छ । शारिरिक तथा मानसिक रूपमा स्वच्छ नभएको चालकले यात्रा गन्तव्य सम्म पुराउन नसक्ने निष्कर्ष सहित जिल्ला ट्राफिक प्रहरी अर्घाखाँचीले यस्तो अभियान सुरू गरेको हो । प्रदेश नं ५ को पहाडी जिल्ला अर्घाखाँचीको गोरूसिङगे सन्धिखर्क सडक खण्ड र विभिन्न गाउँ जाने सडकहरू  निकै सागुरो र घुम्ती मोडहरू भएका कारण दुर्घटना न्युनिकरण गर्ने उदेस्यले  चालकले सवारी चलाउदा टाढाको सानो ,ठूलो वस्तु देख्न सक्छ कि सक्दैन । चालक मानसिक रूपमा स्वच्छ छ कि छैन । चालकको बि पि सन्तुलन छ कि छैन थाहा पाउनका लागि चालकको स्वास्थ्य जाँच गरिएको   अर्घाखाँची ट्राफीक प्रहरी प्रमुख प्रबिण आचार्यले बताए । अाज जिल्लाको सितगंगा ४ अमराई बजारमा सुरू गरिएको अभियानमा ६० जना सवारी चालक , सचालकहरूले अाफ्नो स्वास्थ्य परिक्षण गराएका थिए । स्वास्थ्य जाँच पछि मेडिकल बाट प्राप्त रिपोर्ट अनुसार ६० जना मध्ये ५ जना अाँखाको कमजोरी र १५ जनाको साविक भन्दा उच्च प्रेसर भएका चालक भेटिएकाले उनिहरूलाई अौषधी खान सल्लाह दिएको अस्थायी ट्राफिक पोष्ट ठाडाका ट्राफिक प्रहरी प्रकाश पोखरेलले बताए । जिल्ला भरि संचालन हुने मालवाहक, निजी तथा सवारी साधन गरि ७ सय बढि चालकहरू रहेका छन् । जिल्ला ट्राफिक प्रहरीले गएको हप्ता सन्धिखर्कमा ६९ जना चालकको स्वास्थ्य परिक्षण गराएको थियो । अागामी हप्ता सडक खण्डको नरपानीमा स्वास्थ्य परिक्षण गरिने छ । यसै गरि सबै चालक सचालकहरूको स्वास्थ्य परिक्षण गरिने ट्राफिक प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । सितगंगा नगर प्रमुख सुर्य प्रसाद अधिकारीको प्रमुख आथित्यता , ईलाका प्रहरी कार्यालय ठाडाका प्रहरी प्रमुख प्रहरी निरिक्षक गणेश बहादुर नरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अर्घाखाँची ट्राफिक प्रहरी प्रमुख प्रबिण आचार्यले कार्यक्रमको उदेश्य बारे प्रकास पारेका थिए । 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यस्तो बन्दैछ ओली सरकार : छानिने भए यी कमान्डरहरु
यस्तो बन्दैछ ओली सरकार : छानिने भए यी कमान्डरहरु
पर्यटनमन्त्रीलाई दुर्व्यवहार गरेको आरोपमा ज्ञानेन्द्र शाही पक्राउ
पर्यटनमन्त्रीलाई दुर्व्यवहार गरेको आरोपमा ज्ञानेन्द्र शाही पक्राउ
पूर्व सचिव अर्जुन कार्कीकी श्रीमती ‘मुनाको हत्यापछि कामदारले गरे आत्महत्या’
पूर्व सचिव अर्जुन कार्कीकी श्रीमती ‘मुनाको हत्यापछि कामदारले गरे आत्महत्या’
लोकमानलाई कालोमोसो दल्ने युवा विप्लव नेतृत्वको विद्यार्थी संगठनको महासचिव
लोकमानलाई कालोमोसो दल्ने युवा विप्लव नेतृत्वको विद्यार्थी संगठनको महासचिव
साँघुरो गल्लीभित्र चुरा र मेहन्दीको व्यापार
साँघुरो गल्लीभित्र चुरा र मेहन्दीको व्यापार
डिआइजी सहित पत्रकारको दुर्घटनामा मृत्यु
डिआइजी सहित पत्रकारको दुर्घटनामा मृत्यु
फिफा वरियतामा नेपाल एक स्थान तल झर्यो
फिफा वरियतामा नेपाल एक स्थान तल झर्यो
सपना ज्युँदा मान्छेले देख्छन्, यो सरकार पनि ज्युँदो सरकार हो : योगेश भट्टराई
सपना ज्युँदा मान्छेले देख्छन्, यो सरकार पनि ज्युँदो सरकार हो : योगेश भट्टराई
दशैँ नजिकिएसँगै सीमापारिका बजारमा नेपाली ग्राहककाे भिड !
दशैँ नजिकिएसँगै सीमापारिका बजारमा नेपाली ग्राहककाे भिड !
चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणः पर्यटनमा बहुआयामिक प्रभाव पर्छ– मन्त्री भट्टराई
चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणः पर्यटनमा बहुआयामिक प्रभाव पर्छ– मन्त्री भट्टराई

तपाईंले छुटाउनुभयो कि?