रामेछापबाट विजयी भएका को हुन श्यामकुमार श्रेष्ठ
सारांश
- २०२८ साल पुस १ गते मन्थली नगरपालीका – ११ गेलुमा जन्मिएका श्यामकुमार श्रेष्ठ वाम गठबन्धनबाट उम्मेदवार बन्नुभएको छ ।
- भिमेश्वर मावि चिसापानीबाट एसएलसी प्रथम श्रेणीमा पास गरेका श्रेष्ठले त्रिभुवन विश्वविद्यालयबाट एमएसम्मको अध्ययन गर्नुभएको छ ।
- २०४८ सालमा माओवादी निकट विद्यार्थी सङ्गठनको सदस्यता लिएर राजनीति सुरु गरेका श्रेष्ठ द्वन्द्वकालमा भूमिगत पनि हुनुभएको थियो ।
२०२८ साल पुस १ गते मन्थली नगरपालीका – ११ गेलुमा जन्मिएका श्यामकुमार श्रेष्ठ वाम गठबन्धनबाट उम्मेदवार बन्नुभएको छ ।
भिमेश्वर मावि चिसापानीबाट एसएलसी प्रथम श्रेणीमा पास गरेका श्रेष्ठले त्रिभुवन विश्वविद्यालयबाट एमएसम्मको अध्ययन गर्नुभएको छ ।
२०४८ सालमा माओवादी निकट विद्यार्थी सङ्गठनको सदस्यता लिएर राजनीति सुरु गरेका श्रेष्ठ द्वन्द्वकालमा भूमिगत पनि हुनुभएको थियो ।
उहाँले १० वर्षे सशस्त्र युद्धका बेला काभ्रे र रामेछापको जिल्ला सेक्रेटरी भएर पनि काम गर्नुभयो ।
एकपटक विनाविभागीय राज्यमन्त्री समेत भएका श्रेष्ठ अहिले नेकपा माओवादी केन्द्रको पोलिटब्यूरो सदस्य हुनुहुन्छ ।
(sapns2)
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया