प्रदेश १ को राजधानी कहाँ ? यस्ता छन् उम्मेदवारको चुनावी मुद्दा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक २३, २०७४
|
|
१८ पटक हेरिएको
Shares
प्रदेश १ को राजधानी कहाँ ? यस्ता छन् उम्मेदवारको चुनावी मुद्दा

सारांश

  • कार्तिक २३, २०७४-यतिबेला प्रादेशिक राजधानी बनाउने विषयलाई दुवै सभाका उम्मेदवारहरुले आफ्नो प्रमुख मुद्दा बनाएका छन् ।
  • मोरङ, सुनसरी र धनकुटा जिल्लामा प्रतिनिधिसभा र प्रदेसभा सदस्यका उम्मेदवारहरुले प्रादेशिक राजधानीलाई आफ््नो प्रमुख चुनावी मुद्दा बनाएका हुन् ।
  • सहरी क्षेत्रमा मतदाता बढी भएकाले यो मुद्दा विकाउ हुने उनीहरुको अनुमान छ ।
कार्तिक २३, २०७४-यतिबेला प्रादेशिक राजधानी बनाउने विषयलाई दुवै सभाका उम्मेदवारहरुले आफ्नो प्रमुख मुद्दा बनाएका छन् । मोरङ, सुनसरी र धनकुटा जिल्लामा प्रतिनिधिसभा र प्रदेसभा सदस्यका उम्मेदवारहरुले प्रादेशिक राजधानीलाई आफ््नो प्रमुख चुनावी मुद्दा बनाएका हुन् । सहरी क्षेत्रमा मतदाता बढी भएकाले यो मुद्दा विकाउ हुने उनीहरुको अनुमान छ ।

मोरङ ४ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार कांग्रेस केन्द्रीय सदस्य महेश आचार्य प्रदेश १ को राजधानी विराटनगर हुनेमा विश्वास गर्न मतदाताहरुलाई सम्झाउँछन् । ‘प्रदेशको राजधाननीका लागि विराटनगरको विकल्प छैन । यो राजनीतिको केन्द्रविन्दू हो’ उनले भने, ‘प्रादेशिक राजधानी यहीं हुन्छ । प्रदेशसभाका लागि महानगरले अहिले जग्गा खरिद र भवन निर्माणका लागि प्रकृया अघि बढाइसकेको छ ।’

यही क्षेत्रमा बाम गठबन्धनको तर्फवाट उम्मेदवार बनेका माओवादी केन्द्रका नेता अमनलाल मोदी आफ्नो पहिलो चुनावी मुद्दा प्रादेशिक राजधानी नै भएको बताउँछन् । मोरङ ५ का उम्मेदवार कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्यालको चुनावी मुद्दा पनि राजधानीको छ ।

अर्का उम्मेदवार विना विभागीय मन्त्री माओवादी नेता शिवकुमार मण्डल विराटनगर देशकै दोस्रो सहर भएकाले राजधानी बन्नबाट कसैले नरोक्ने दाबी गर्छन् । ‘उच्च अदालत बसिसकेको छ,’ उनले भने, ‘यो पनि एउटा आधार हो ।’ ५ कै ‘ख’ बाट प्रदेशसभा सदस्यमा गठबन्धनको तर्फवाट उम्मेदवार बनेका सुमान मियाँको चुनावी मुद्दा पनि राजधानीकै छ ।

मोरङ ६ का अर्का उम्मेदवार कांग्रेस केन्द्रीय सदस्य शेखर कोइराला विराटनगर राजधानी बनाउने कुरा अहिलेको चुनावी मद्दा मात्र नभइ आफ्नो पुरानो एजेण्डा भएको बताउँछन् । ‘प्रदेशको राजधानी यही उपयुक्त छ,’ उनले भने, ‘पूर्वाधारलगायतका सवै सुविधा विराटनगरमा नै छन् ।’

यही क्षेत्रका अर्का उम्मेदवार एमाले नेता लालबाबु पण्डित विराटनगरलाई मेट्रोसिटीको रुपमा विकास गरी राजधानी बनाउनुपर्ने कुरा मतदातामाझ राख्छन् । विराटनगर महानगरपालिका भित्र मोरङका क्षेत्र ४, ५ र ६ नम्बर पर्छन् । मोरङ क्षेत्र नम्बर २ वाट उम्मेदवार बनेका कांग्रेस केन्द्रीय सदस्य मिनेन्द्र रिजालको चुनावी मुद्दामा समेत प्रवेशिक राजधानीको छ ।

सुनसरी १ का उम्मेदवारहरु भने धरानलाई प्रादेशिक राजधानी बनाउनुपर्ने मुद्दाका साथ मतदाताहरुसँग जाने गरेका छन् । ऐतिहासिकतालाई हेरेर धरानलाई राजधानी वनाउनुपर्ने उनीहरुको भनाइ छ ।  लोकतान्त्रिक गठबन्धनको तर्फबाट सुनसरी १ मा उम्मेदवार बनेका संघीय समाजवादी फोरम नेपालका नेता असोक राई, बाम गठबन्धनबाट उम्मेदवार बनेका एमालेका जयकुमार राईको चुनावी मुद्दा पनि धरानलाई राजधानी बनाउने छ ।

तर सुनसरीकै २ का उम्मेदवारहरु भने इटहरीलाई राजधानी बनाउनुपर्ने नारा दिइरहेका छन् । भौगोलिक दृष्टिकोणले इटहरी सबैको बीचमा पर्ने र पूर्वाधारसमेत रहेकाले राजधानी हुनुपर्ने उनीहरुको भनाइ छ ।

प्रतिनिधिसभा सदस्यका कांग्रेसका उम्मेदवार सीताराम मेहता वाम गठबन्धनको तर्फबाट माओवादी केन्द्रका डम्बर सुवेदीको चुनावी मुद्दा इटहरीलाई राजधानी बनाउने छ । यही क्षेत्रमा प्रदेशसभा (क) कांग्रेसको तर्फवाट उम्मेदवार बनेका हेमकर्ण पौडेलको प्रमुख चुनावी मुद्वापनि इटहरी राजधानी नै हो ।

प्रादेशिक राजधानीका लागि सबैभन्दा बढी आन्दोलन गर्ने धनकुटा जिल्लाका सवै उम्मेदवारहरुको प्रमुख चुनावी मुद्दापनि उही हो । बाम गठबन्धनबाट उम्मेदवार भएका एमालेका अध्यक्ष राजेन्द्र राईदेखि लोकतान्त्रिक गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार उद्योगमन्त्री सुनिलबहादुर थापाको पहिलो चुनावी मुद्दा धनकुटालाई प्रदेशिक राजधानी बनाउने नै छ ।

राणाकालदेखि प्रसाशनिक अड्डा भएकाले धनकुटा नै राजधानी हुनुपर्ने उनीहरुको भनाई छ । उम्मेदवारहरुले धनकुटालाई राजधानी बनाउनका लागि मत दिन मतदाताहरुसँग आग्रह गर्ने गरेका छन् ।

http://bit.ly/2zs7JQN

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कृष्णप्रसाद अधिकारीका हत्या आरोपी पौडेलले गरे आत्मसमर्णण
कृष्णप्रसाद अधिकारीका हत्या आरोपी पौडेलले गरे आत्मसमर्णण
​एमाले नेताहरु मधेशमा केन्द्रित- ​१५ लाख तराईबासी जनता समेट्दै
​एमाले नेताहरु मधेशमा केन्द्रित- ​१५ लाख तराईबासी जनता समेट्दै
नेपाल बंगलादेशसँग ५ विकेटले पराजित
नेपाल बंगलादेशसँग ५ विकेटले पराजित
आनी छोइङ डोल्माको कनेक्सन फ्रि-तिब्बततिर ?
आनी छोइङ डोल्माको कनेक्सन फ्रि-तिब्बततिर ?
सदनमा अवरोध हटाउने विषयमा सभामुखले शीर्ष नेतासँग छलफल गर्ने
सदनमा अवरोध हटाउने विषयमा सभामुखले शीर्ष नेतासँग छलफल गर्ने
मोटरसाईकलमा २४ तोला बराबरको सुनजस्तो धातु बोकेर चितवनतिर जाँदै थिए, त्यसपछि‘….
मोटरसाईकलमा २४ तोला बराबरको सुनजस्तो धातु बोकेर चितवनतिर जाँदै थिए, त्यसपछि‘….
केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक प्रतिनिधिसभामा टेबुल
केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक प्रतिनिधिसभामा टेबुल
विदेशमा बलात्कृत भएका युवतीलाई नेपालमा बज्रपात
विदेशमा बलात्कृत भएका युवतीलाई नेपालमा बज्रपात
बाबुरामलार्इ देवेन्द्र पाैडेलसहितका नेताले दिए स्पष्टिकरणको यस्तो जवाफ
बाबुरामलार्इ देवेन्द्र पाैडेलसहितका नेताले दिए स्पष्टिकरणको यस्तो जवाफ
कक्षा १२ मा ५० दशमलव ०९ प्रतिशत विद्यार्थी उत्तीर्ण
कक्षा १२ मा ५० दशमलव ०९ प्रतिशत विद्यार्थी उत्तीर्ण

तपाईंले छुटाउनुभयो कि?