चरालाइ स्वागत गर्न महाेत्सव शुरू !

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर १०, २०७५
|
|
२४ पटक हेरिएको
Shares
चरालाइ स्वागत गर्न महाेत्सव शुरू !

सारांश

  • रुपन्देही, १० मंसिर ।
  •   बुद्ध जन्मस्थलमा आउने पाहुना चराहरूको स्वागत गर्ने उद्देश्यले लुम्बिनीमा पक्षी महोत्सव शुरु भएको छ ।
  • ‘शान्तिका लागि सारस संरक्षण’ भन्ने नारासहित लुम्बिनी विकास कोषले पहिलोपटक महोत्सव आयोजना गरेको हो ।

रुपन्देही, १० मंसिर ।  बुद्ध जन्मस्थलमा आउने पाहुना चराहरूको स्वागत गर्ने उद्देश्यले लुम्बिनीमा पक्षी महोत्सव शुरु भएको छ । ‘शान्तिका लागि सारस संरक्षण’ भन्ने नारासहित लुम्बिनी विकास कोषले पहिलोपटक महोत्सव आयोजना गरेको हो । महोत्सवमा लोपोन्मुख सारसलाई नगर पक्षी घोषणा गर्ने कार्यक्रम छ । चराहरूको संरक्षणमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सवअन्तर्गत चित्रकला प्रतियोगिता, फोटो प्रदर्शनी, पक्षी अवलोकनलगायत कार्यक्रम रहेको कोषका निमित्त सदस्य सचिव सरोज भट्टराईले जानकारी दिए ।

उनले लोपोन्मुख सारस भगवान गौतम बुद्धको जीवनसँग जोडिएको पक्षी भएका कारण यसलाई नगर पक्षी घोषणा गर्न लागिएको बताए । कोषका उपाध्यक्ष भिक्षु मेत्तेय शाक्यपुत्तले यहाँ आउने अन्य पाहुना जस्तै पक्षीहरू पनि पाहुनाकै रूपमा आउने भएकाले लुम्बिनी वरिपरिका सिमसार क्षेत्र जोगाउन, पोखरीको संरक्षण गर्न, उनीहरूको बासस्थान सुरक्षाका लागि चेतना जागाउन पनि महोत्सवको आयोजना गरिएको जानकारी दिए । लुम्बिनीमा कोइली, भद्राई, कालो चिबे, मधुमक्षी, विभिन्न प्रजातिका बकुल्ला, सारस, भुँडिफोर, घोगीफोर, लोभिपापी भुँडिफोर, कालोगण्ड, हरिहाँस, बिजुलगैरे, सानो जलेवा, सावरी, कुर्मा, लालसर, बगाले सिमकुखुरा, लामोऔँले, मरुल, जलअप्सरा, हुटिट्याउँ, टमटमे, आँसीठुँडे, पानीचाहा, रातोमुनिया, छिर्केमुनिया, सुनचरी, काजले सुनचरी, माटोकोरे, काफलपाक्यो, कोकले, साइबेरियाली रुबी, रानीचरी, लगायतका दुई सय २२ प्रजातिका चराहरू पाइन्छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?