गाजास्थित अल-शिफा अस्पतालबाट ३१ शिशुको उद्धार

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर ४, २०८०
|
|
३३ पटक हेरिएको
Shares
गाजास्थित अल-शिफा अस्पतालबाट ३१ शिशुको उद्धार

सारांश

  • काठमाडौं।
  • प्यालेष्टिनी कट्टरपन्थी इस्लामिक लडाकू समूह (हमास) को नियनत्रणमा रहेको गाजा पट्टीका उच्च स्वास्थ्य अधिकारीले अल-शिफा अस्पताललाई ‘मृत्यु क्षेत्र’ का रूपमा उल्लेख गर्दै महिना नपुगी जन्मिएका त्यहाँ रहेका सबै ३१ जना शिशुलाई उक्त अस्पतालबाट बाहिर निकालिएको बताएका छन्।
  • प्यालेस्टिनी रेड क्रिसेन्ट सोसाइटी (पीसीआरएस) ले विश्व स्वास्थ्य सङ्गठनलगायत संयुक्त राष्ट्रसङ्घीय निकायसँगको समन्वयमा उद्धार कार्य गरेको जनाएको छ।

काठमाडौं। प्यालेष्टिनी कट्टरपन्थी इस्लामिक लडाकू समूह (हमास) को नियनत्रणमा रहेको गाजा पट्टीका उच्च स्वास्थ्य अधिकारीले अल-शिफा अस्पताललाई ‘मृत्यु क्षेत्र’ का रूपमा उल्लेख गर्दै महिना नपुगी जन्मिएका त्यहाँ रहेका सबै ३१ जना शिशुलाई उक्त अस्पतालबाट बाहिर निकालिएको बताएका छन्।

प्यालेस्टिनी रेड क्रिसेन्ट सोसाइटी (पीसीआरएस) ले विश्व स्वास्थ्य सङ्गठनलगायत संयुक्त राष्ट्रसङ्घीय निकायसँगको समन्वयमा उद्धार कार्य गरेको जनाएको छ।

गाजास्थित अस्पतालका महानिर्देशक मोहम्मद जाकुतले एएफपीसँग भने, “अल-शिफा अस्पतालमा रहेका र महिना नपुगी जन्मिएका सबै ३१ जना शिशु, तीन चिकित्सक र दुई जना नर्ससहित उनीहरूलाई बाहिर निकालिएको छ। उनीहरूलाई इजिप्ट लाने तयारी भइरहेको उनले बताए।

गत अक्टोबर ७ मा एक हजार ४०० जनाको ज्यान जाने गरी भएको आक्रमणमा संलग्न हमास लडाकू समूहलाई ध्वस्त पार्न सैन्य कारबाही (प्रत्याक्रमण) चलाएको बताउने इजरायली सेनाले हमासले अस्पताललाई आधार शिविरका रूपमा प्रयोग गर्ने गरेको दाबी छ।

इजरायलको सैन्य अभियानअन्तर्गत भएको कारबाहीमा १२ हजार ३०० भन्दा बढीको ज्यान गइसकेको हमासको स्वास्थ्य प्राधिकरणले जनाएको छ।

पीसीआरएसले भनेको छ, “हाम्रो टोलीले नवजात शिशुहरूलाई ‘सफलतापूर्वक अस्पतालबाट बाहिर निकालेको’ छ। अल–शिफाबाट महिना नपुगि जन्मिएका ३१ जना शिशुलाई पीआरसीएस एम्बुलेन्समार्फत दक्षिणतर्फ लगिएको छ।”

डब्लूएचओले एक विज्ञप्ति जारी गर्दै अस्पतालमा एक मूल्यांकन टोली पठाएको र यसलाई ‘डेथ जोन’ को रूपमा वर्णन गरेको छ। साथै, ‘बाँकी बिरामीहरू, कर्मचारीहरू र उनीहरूका परिवार’को तत्काल उद्धारका लागि आफ्नो समूहले योजना बनाइरहेको छ।

गाजाको सबैभन्दा ठूलो अस्पताल अल-शिफाका निर्देशकले इजरायली सेनाले अस्पताल खाली गर्न आदेश दिएको बताएपछि सयौं मानिस अस्पतालबाट भागेका थिए।

एएफपीका एक पत्रकारले घटनास्थलमा बिरामी, घाइते र विस्थापित हरूको भीड समुद्री किनारतर्फ हिँडिरहेको देखेको बताए। प्यालेष्टिनी स्वास्थ्य मन्त्रालयले १२० जना बिरामीहरू अझै अस्पतालमा रहेको बताएको छ।

अस्पतालका एक चिकित्सक अहमद अल-मोखल्लालाटीले शनिबार एक्स (ट्वीटर)मा लेखेका छन्, “धेरै बिरामीहरू सघन उपचार कक्ष (आईसीयू) वा ‘बेबी इन्क्युबेटर’मा भएका कारण अस्पतालबाट बाहिर निकाल्न सकिँदैन।

अल-शिफाको अवलोकन भ्रमणपछि डब्लुएचओले २९१ जना बिरामी र २५ जना स्वास्थ्यकर्मी अझै पनि अस्पतालभित्रै रहेको जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पूर्वमन्त्री बाँस्कोटाको घरमा विस्फोट गर्ने थप तीन पक्राउ
पूर्वमन्त्री बाँस्कोटाको घरमा विस्फोट गर्ने थप तीन पक्राउ
प्रधानमन्त्री देउवाका स्वकीय सचिव भन्छन्, “प्रधानमन्त्री पदमुक्त भइसक्नुभएको छ, एउटै व्यक्ति कतिचोटी पदमुक्त हुन्छ ?”
प्रधानमन्त्री देउवाका स्वकीय सचिव भन्छन्, “प्रधानमन्त्री पदमुक्त भइसक्नुभएको छ, एउटै व्यक्ति कतिचोटी पदमुक्त हुन्छ ?”
विवादास्पद मिसाइल परीक्षणका बारेमा कुराकानी गरेको केही घण्टा नबित्दै उत्तर कोरियाले गर्यो मिसाइल  परिक्षण ।
विवादास्पद मिसाइल परीक्षणका बारेमा कुराकानी गरेको केही घण्टा नबित्दै उत्तर कोरियाले गर्यो मिसाइल परिक्षण ।
निष्पक्ष र स्वच्छ पत्रकारिता गर्नुपर्छ : परराष्ट्रमन्त्री साउद
निष्पक्ष र स्वच्छ पत्रकारिता गर्नुपर्छ : परराष्ट्रमन्त्री साउद
अस्पताल पुर्‍याउनुअघिकै प्रकाशको निधन
अस्पताल पुर्‍याउनुअघिकै प्रकाशको निधन
गाउँपालिका, नगरपालिकामा देखियो यस्तो अनियमितता
कांग्रेस नेता पौडेललाई मतगणनाका मुचुल्का र मतपत्र झिकाउन सर्वोच्चको आदेश
आजको राशिफल 
आजको राशिफल 
एकल पुरुषलाई पनि भत्ता !
एकल पुरुषलाई पनि भत्ता !
त्रिशूलीले बगाएर बेपत्ता
त्रिशूलीले बगाएर बेपत्ता

तपाईंले छुटाउनुभयो कि?