माधव नेपाल र झलनाथले ओलीमाथि लगाए यस्तो गम्भिर आरोप

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ १९, २०७४
|
|
३४ पटक हेरिएको
Shares
माधव नेपाल र झलनाथले ओलीमाथि लगाए यस्तो गम्भिर आरोप

सारांश

  • काठमाडौं,  माघ १९ ।
  • भारतीय बिदेशमन्त्री सुष्मा स्वराजसँगको भेटवार्तामा आफू पक्षधर कुनै पनि नेतालाई सहभागी नगराईएको भन्दै बरिष्ठ नेताद्धय झलनाथ खनाल र माधव नेपालले अध्यक्ष केपी शर्मा ओलीसँग असन्तुष्ट व्यक्त गरेका छन् ।
  • दुई दिने नेपाल भ्रमणमा हिजो काठमाडौं आएकी भारतीय विदेशमन्त्री स्वराजको सम्मानमा एमालेले हिजो सोल्टी होटलमा रात्रिभोजको आयोजना गरेको थियो ।

काठमाडौं,  माघ १९ । भारतीय बिदेशमन्त्री सुष्मा स्वराजसँगको भेटवार्तामा आफू पक्षधर कुनै पनि नेतालाई सहभागी नगराईएको भन्दै बरिष्ठ नेताद्धय झलनाथ खनाल र माधव नेपालले अध्यक्ष केपी शर्मा ओलीसँग असन्तुष्ट व्यक्त गरेका छन् ।

दुई दिने नेपाल भ्रमणमा हिजो काठमाडौं आएकी भारतीय विदेशमन्त्री स्वराजको सम्मानमा एमालेले हिजो सोल्टी होटलमा रात्रिभोजको आयोजना गरेको थियो । उक्त डिनर मिटिङ पूर्व एमाले अध्यक्ष ओलीले स्वराजसँग करिब एक घण्टा वान टु वान भेटवार्ता गरेका थिए ।

त्यसको लगत्तै अध्यक्षसहित एमाले नेताहरुले स्वराजसँग सामूहिक भेटवार्ता गरे । जसमा उपाध्यक्ष वामदेव गौतम, महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, नेता सुवास नेम्बाङ्, सचिव प्रदिप ज्ञवाली, नेताहरु विष्णु रिमाल, डा. राजन भट्टराई र डा. युवराज खतिवडा सहभागी थिए ।

स्वराजसँगको भेटवार्तामा आफू पक्षका एक जनालाई पनि सहभागी नगराईएको भन्दै नेताहरु खनाल र नेपालले तिव्र असन्तुष्टि पोखेको स्रोतको दाबी छ ।
स्वराजले पनि अध्यक्ष ओलीलाई विशेष महत्व दिएर भेटवार्ता गरेकी थिईन् । उनले आफूलाई प्रधानमन्त्री नरेन्द्र मोदीले निर्वाचनमा प्राप्त गरेको सफलताका लागि भेटेरै शुभकामना दिनका लागि पठाएको उल्लेख गर्दै ओलीलाई बधाई दिएकी छिन् ।

काठमाडौं आएलगत्तै राजनीतिक भेटवार्ता सुरु गरेकी उनले पहिलो भेटवार्ता एमाले अध्यक्ष ओलीसँग गरेकी थिइन । त्यसक्रममा मन्त्री स्वराजले प्रधानमन्त्री मोदीले दुईपटक गरेको टेलिफोन वार्ताको प्रसंग कोट्याउँदै उनको सन्देश भेटेरै सुनाउन आएको बताएकी स्रोतको दाबी छ । (साभार : रिपोर्टस नेपाल)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

バルカンベガス オンラインカジノ日本
संघदेखि प्रदेशसम्म प्रतिपक्षमा माओवादी
संघदेखि प्रदेशसम्म प्रतिपक्षमा माओवादी
कोरियन भाषा परीक्षाको नतिजा भोली आउने, नतिजा यसरी हेर्न सकिन्छ….
कोरियन भाषा परीक्षाको नतिजा भोली आउने, नतिजा यसरी हेर्न सकिन्छ….
गायक पवन कुमार वलीको झ्याउरे गीत ‘साइलो दाई’ सार्वजनिक (भिडियो सहित)
गायक पवन कुमार वलीको झ्याउरे गीत ‘साइलो दाई’ सार्वजनिक (भिडियो सहित)
बिस्केट जात्रा शान्तिपूर्णरूपमा सम्पन्न गर्न सहमति
बिस्केट जात्रा शान्तिपूर्णरूपमा सम्पन्न गर्न सहमति
भारतको गोवाका मुख्यमन्त्री मनोहर पर्रिकरको निधन
भारतको गोवाका मुख्यमन्त्री मनोहर पर्रिकरको निधन
आज धनधान्य एवं ऐश्वर्यकी देवी लक्ष्मी पूजा गरिँदै
आज धनधान्य एवं ऐश्वर्यकी देवी लक्ष्मी पूजा गरिँदै
ब्राजीलको जेलमा ग्याङ फाइट हुँदा ५२ कैदीको मृत्यु
ब्राजीलको जेलमा ग्याङ फाइट हुँदा ५२ कैदीको मृत्यु
ढोकैमा बेवारिसे शव राखेकाे विर अस्पताल प्रशासन भन्छ ‘ जिउँदो बिरामी राख्ने ठाउँ त छैन।’
ढोकैमा बेवारिसे शव राखेकाे विर अस्पताल प्रशासन भन्छ ‘ जिउँदो बिरामी राख्ने ठाउँ त छैन।’
छैठौं राष्ट्रिय राप्ती म्युजिक अवार्ड २०७४ मा यस्ता छन् ३७ विधाका उत्कृष्ट पाँच
छैठौं राष्ट्रिय राप्ती म्युजिक अवार्ड २०७४ मा यस्ता छन् ३७ विधाका उत्कृष्ट पाँच

तपाईंले छुटाउनुभयो कि?