२ सय करोड लगानी थप्दै नर्भिकलाई दक्षिण पूर्वी एसियाकै उत्कृष्ट अस्पताल बनाउने घोषणा
सारांश
- काठमाडौको थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालको शनिबार २६ औँ वार्षिकोत्सव मनाउने क्रममा अस्पतालाई दक्षिण पूर्वी एसियाकै उत्कृष्ट अस्पताल बनाउने घोषणा गरेको छ ।
- दक्षिण पूर्वी एसियाकै उत्कृष्ट अस्पताल बनाउने अभियान यसै वर्ष देखि सुरु गरिने अस्पतालले जनाएको छ ।
- वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै अस्पतालका अध्यक्ष वसन्त चौधरीले आगामी तीन बर्षभित्र थप २०० करोड रुपैयाको लगानीमा अत्याधुनिक २५० शैयायुक्त बन्ने बहुआयामिक एवम् बहु बैशिष्ट्य नर्भिकको भौतिक तथा प्राविधिक पूर्वाधार विकासबारे जानकारी दिए ।
काठमाडौको थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालको शनिबार २६ औँ वार्षिकोत्सव मनाउने क्रममा अस्पतालाई दक्षिण पूर्वी एसियाकै उत्कृष्ट अस्पताल बनाउने घोषणा गरेको छ । दक्षिण पूर्वी एसियाकै उत्कृष्ट अस्पताल बनाउने अभियान यसै वर्ष देखि सुरु गरिने अस्पतालले जनाएको छ ।
वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै अस्पतालका अध्यक्ष वसन्त चौधरीले आगामी तीन बर्षभित्र थप २०० करोड रुपैयाको लगानीमा अत्याधुनिक २५० शैयायुक्त बन्ने बहुआयामिक एवम् बहु बैशिष्ट्य नर्भिकको भौतिक तथा प्राविधिक पूर्वाधार विकासबारे जानकारी दिए ।

वार्षिकोत्सवको अवसर पारेर नर्भिकले १५ दिनदेखि रक्तदान, खेलकुद र हाजिरीजवाफ लगायतका विविध कार्यक्रमहरु गर्दै आएको थियो ।
२६ औँ वार्षिकोत्सवमै पूर्वसन्ध्यामा नर्भिकका अध्यक्ष एवम् कवि गीतर वसन्त चौधरीले नवस्थापित ब्लड बैंकको उद्घाटन समेत गरेका थिए । ब्लड बैंकको उद्घाटनसँगै विरामीले रगतको खोजीमा बाहिर जाने बाध्यता अन्त्य भएको अध्यक्ष चौधरीले बताए ।

२५ शैयाबाट स्वास्थ्य सेवा दिन सुरु गरेको अस्पतालले आगामी ३ वर्ष भित्र २ सय ५० शैया पुर्याउने र नर्भिकलाई दक्षिण पूर्वी एसियाकै उत्कृष्ट अस्पताल बनाउने लक्ष्य सहित नयाँ भवन निर्माणको काम गरिरहेको जनाएको छ । हाल अस्पतालमा १ सय ५० शैया रहेका छन् ।
प्रतिक्रिया