एयर मार्शल राख्न दिएर सरकारले गद्दारी गर्दैछ:वैद्य

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ १४, २०७३
|
|
२२८ पटक हेरिएको
Shares
एयर मार्शल राख्न दिएर सरकारले गद्दारी गर्दैछ:वैद्य

सारांश

  • मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)ले नेपाल आउने भारतीय जेट विमानमा भारतले एयर मार्शल राख्न पाउने गरी नेपाल सरकारले गरेको सम्झौतालाई गद्दार र राष्ट्रघाती भनेको छ ।
  • नेपाल आउने विमानमा भारतीय एयर मार्शल राख्ने कुरा नेपालको सार्वभौमिकता, राष्ट्रिय स्वाधीनता तथा राष्ट्रिय आत्मसम्मानमाथि गम्भीर आघात पुर्‍याउने प्रकृतिको भएको भन्दै क्रान्तिकारी माओवादीले नेपाल सरकारको भारतीय सरकारसँग निकृष्ट साँठगाँठ भएको शंका गरेको छ ।
  • ‘यो गम्भीर प्रकारको राष्ट्रिय गद्दारी तथा राष्ट्रघात हो ।

मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)ले नेपाल आउने भारतीय जेट विमानमा भारतले एयर मार्शल राख्न पाउने गरी नेपाल सरकारले गरेको सम्झौतालाई गद्दार र राष्ट्रघाती भनेको छ ।

नेपाल आउने विमानमा भारतीय एयर मार्शल राख्ने कुरा नेपालको सार्वभौमिकता, राष्ट्रिय स्वाधीनता तथा राष्ट्रिय आत्मसम्मानमाथि गम्भीर आघात पुर्‍याउने प्रकृतिको भएको भन्दै क्रान्तिकारी माओवादीले नेपाल सरकारको भारतीय सरकारसँग निकृष्ट साँठगाँठ भएको शंका गरेको छ ।
‘यो गम्भीर प्रकारको राष्ट्रिय गद्दारी तथा राष्ट्रघात हो ।’ क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यद्वारा हस्ताक्षरीत विज्ञप्तिमा भनिएको छ, ‘तसर्थ हाम्रो पार्टी उक्त विषयबारे तथा सत्य सार्वजनिक गर्न र त्यस प्रकारका राष्ट्रघाती सम्झौताहरुलाई तत्काल खारेज गर्न सरकारसित जोडदार माग गर्दछ ।’

सँगै नेपालको अनुमतिबिना सगरमाथाको उचाई भारतले नाप्ने कुराप्रति पनि माओवादी क्रान्तिकारीले आपत्ति जनाएको छ । उसले अनधिकृत रुपमा नेपाल आउने भारतीय टोलीलाई सगरमाथा प्रवेशमा रोक लगाउन पनि माग गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?