आन्दोलनरत शिक्षकलाई मन्त्रालयले भन्यो, ‘स्थानीय तहमै कुरा मिलाऊ’
सारांश
- काठमाडौं ।
- यतिबेला अस्याथी राहत र बालविकासमा पढाउने शिक्षक आन्दोलनमा छन् ।
- आन्दोलनरत शिक्षकलाई मन्त्रालयले स्थानीय तहमै कुरा मिलाउन आग्रह गरेको छ ।
काठमाडौं । यतिबेला अस्याथी राहत र बालविकासमा पढाउने शिक्षक आन्दोलनमा छन् । आन्दोलनरत शिक्षकलाई मन्त्रालयले स्थानीय तहमै कुरा मिलाउन आग्रह गरेको छ ।
काठमाडौंमा जम्मा भएका शिक्षकलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षकलाई पढाउन छोडेर आन्दोलनमा नलाग्न आग्रह गरेको छ । राहत तथा बालविकास शिक्षकको आन्दोलनका कारण विद्यालयका पठनपाठनमा अवरोध पु-याउन नहुने भन्दै शिक्षकलाई आफ्नो जिम्मेवारी बहन गर्न आग्रह गरेको हो ।
वार्षिक परीक्षा र एसइइ परीक्षा नजिकिएको समयमा पठनपाठन तीब्र बनाउनु पर्नेमा बालबालिकाको पढ्न पाउने अधिकार कुण्ठित हुने गरी आन्दोलनका कार्यक्रम नगर्न आग्रह गरेको हो ।
मन्त्रालयले निर्वाध पठनपाठन र सञ्चालनको वातावरणका लागि पहल कदमी लिन स्थानीय तहलाई स्मरणसमेत गराएको छ । संविधानतः मावि शिक्षासम्मको अधिकार विद्यालयको हो । शिक्षकले विभिन्न सेवा सुविधा र स्थायीको माग राखी सडक र विद्यालय केन्द्रित आन्दोलन गर्दै आएका छन् ।
मन्त्रालयका प्रवक्ता वैकुण्ठप्रसाद अर्यालले जारी विज्ञप्तिमा सबै पक्षको सहभागितामा सरकारले शिक्षाको नयाँ विधेयक तर्जुमा गरिरहेको र विधेयक बन्ने प्रक्रिया लामो हुने भएकाले प्रारम्भिक चरणमा तरङ्गीत नहुन सम्बन्धित पक्षमा आह्वानसमेत गरेका छन् ।
प्रतिक्रिया