मेलम्चीको सुरुङ : ठेकेदार काममा नफर्केपछि ठेक्का तोडियो, धरौटी समेत जफत हुने

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ २५, २०७५
|
|
२१ पटक हेरिएको
Shares
मेलम्चीको सुरुङ : ठेकेदार काममा नफर्केपछि ठेक्का तोडियो, धरौटी समेत जफत हुने

सारांश

  • काठमाडौं ।
  • सरकारले मेलम्ची आयोजनाको सुरुङ बनाउने ठेक्का पाएको इटालियन ठेकेदार कम्पनी सीएमसीसँग ठेक्का तोडेको छ ।
  • काममा फर्कन दिइएको १४ दिनको समयसीमा सकिएपछि मेलम्ची खानेपानी आयोजनाले ठेक्का तोड्ने निर्णय लिएको बताइएको छ ।

काठमाडौं । सरकारले मेलम्ची आयोजनाको सुरुङ बनाउने ठेक्का पाएको इटालियन ठेकेदार कम्पनी सीएमसीसँग ठेक्का तोडेको छ । काममा फर्कन दिइएको १४ दिनको समयसीमा सकिएपछि मेलम्ची खानेपानी आयोजनाले ठेक्का तोड्ने निर्णय लिएको बताइएको छ ।

सरकारले माघ ६ मा दुई साताभित्र काममा फर्कन सक्नेगरी पत्र पठाएको थियो । काम छोडेर गएको कम्पनीलाई काममा फर्कन समय दिँदा समेत नआएपछि यस्तो निर्णय लिइएको हो । सुरुङमार्ग र हेडवक्स बनाउने जिम्मा पाएको इटालियन ठेकेदार कम्पनी सीएमसीसँग ठेक्का तोडेको हो । सीएमसीले ठेक्का सम्झौता गर्दा झन्डै साढे २ अर्ब रुपैयाँ धरौटी राखेको थियो । धरौटी समेत जफत हुनेछ ।

मेलम्ची खानेपानी विकास समितिको बोर्ड बैठकले सीएमसीसितको ठेक्का तोड्ने निर्णय गर्दै उसले राखेको बैंक धरौटीसमेत जफत गर्ने निर्णय गरेको छ । समितिले आज शुक्रबार बैंकलाई पत्र पठाई रकम जफत गर्ने बताएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?