एसइइ मोडल हन्टको उपाधि दिया र कृशललाई

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ २७, २०७५
|
|
१९ पटक हेरिएको
Shares
एसइइ मोडल हन्टको उपाधि दिया र कृशललाई

सारांश

  • काठमाडौं,  २७ जेठ ।
  •   एसइइ मोडल हन्ट २०१८ को पहिलो संस्करणको उपाधि दिया श्रेष्ठ र कृशल श्रेष्ठले जितेका छन् ।
  • डीएम इन्टरटेन्मेन्टको आयोजना र थ्रीडि नेपालको व्यवस्थापनमा भएको प्रतियोगितामा ५० जना प्रतिस्पर्धीलाई पछाडी पार्दै तनहुँकी १४ बर्षिया दिया श्रेष्ठ र बनेपा साँगाका १६ बर्षिय कृशल श्रेष्ठले जितेका हुन् ।

काठमाडौं,  २७ जेठ ।  एसइइ मोडल हन्ट २०१८ को पहिलो संस्करणको उपाधि दिया श्रेष्ठ र कृशल श्रेष्ठले जितेका छन् ।

डीएम इन्टरटेन्मेन्टको आयोजना र थ्रीडि नेपालको व्यवस्थापनमा भएको प्रतियोगितामा ५० जना प्रतिस्पर्धीलाई पछाडी पार्दै तनहुँकी १४ बर्षिया दिया श्रेष्ठ र बनेपा साँगाका १६ बर्षिय कृशल श्रेष्ठले जितेका हुन् ।

त्यस्तै, निशान चेम्जोङ लिम्बु र कृषा श्रेष्ठ फ्रस्ट रनर्स अप तथा समृद्धि गिरी र आयुष लामा सेकेन्ड रनर्स अप घोषित भए ।

शुक्रबार साँझ काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न सो कार्यक्रममा उत्कृष्ट १५, उत्कृष्ट ५ हुदै अन्तिम चरणमा विजेताको घोषणा गरिएको थियो ।  

प्रतियोगिता अन्तर्गत वेष्ट वाक स्पर्धामा दिया श्रेष्ठ र कृशल श्रेष्ठ, वेष्ट फिगर स्वेच्छा खड्गी, वेष्ट स्माईल रोजी श्रेष्ठ र अनिल कँडेल, मोस्ट कन्फिडेन्ट प्रिज्मा महर्जन र लक्की रे, मोस्ट फोटोजेनिक समृद्धि गिरी र निशान चेम्जोङ लिम्बु, मिस बब्ली स्मृती पुन घोषित भए ।

त्यस्तै, मिस ट्यालेन्ट प्रशंसा सुबेदी, मोस्ट ग्ल्यामरस रिसिका महर्जन, मिस क्यारिसम्याटीक रोमिना मानन्धर, मिस इन्टेलिजेन्ट मानसी बम, वेष्ट हेयर मोनिका गुरुङ, मिस फेशन आईकन एनी पुजारी, मिस कन्जिनियल दिब्या पुरी, मिस फ्रेन्डली सुसिन श्रेष्ठ, मिस पर्सनालिटी स्वीकृति गिरी, मोस्ट डिसिप्लेन अनिसा इमाम र एनएल पुन, मिस्टर फ्रेन्डली सुसिन श्रेष्ठ, मिस पर्सनालिटी स्वीकृति गिरी घोषित भए ।

त्यस्तै, मोस्ट डिसिप्लेन अनिसा इमाम र एनएल पुन, मिस्टर फ्रेन्डली सुवास पण्डित, मिस्टर ट्यालेन्ट कुशल शाक्य, मिस्टर पर्सनालिटी कृशल श्रेष्ठ, मिस्टर पपुल र पर्सानालिटी एनएल पुन, बेस्ट स्पिकर सुदर्शन खनाल र मोनिका लामा, मिस पपुलर रिया डंगोल, मिस मल्टिमिडिया कृषा श्रेष्ठ, मोस्ट ब्यूटिफ्ल दिया श्रेष्ठ र बेष्ट ड्रेस भूमिका प्रधान कायस्थले अवार्ड हात पार्न सफल भएका छन् ।

देशका विभिन्न ठाउँ र स्कुललाई प्रतिनिधित्व गर्दै प्रतियोगीतामा सहभागी भएका प्रतिस्पर्धीहरुलाई म्यानहन्ट नेपाल इन्टरनेशनल विजेता सनिश शाक्य र इन्डियाज नेक्स्ट टप मोडलकी फ्रष्ट रनर अप सबिता कार्कीले कोरियोग्राफी गरेका हुन् । प्रतियोगीहरुलाई ४० दिनसम्म बिभिन्न तालिम तथा कार्यशालाहरु मार्फत प्रशिक्षण गरिएको थियो । करिब १ हजार दर्शक, अतिथिहरु, निर्णायक मण्डल र विभिन्न कलाकारहरुको प्रस्तुतीको साथमा ग्रान्ड फिनालेको समापन भएको आयोजक डेनी मगरले जानकारी दिनुभयो ।

प्रतियोगितामा रमेश उप्रेती, दिपक घिमिरे, सबिता कार्की र अक्षय रायमाझी निर्णायकको भूमिका हुनुहुन्थ्यो । एसइइ मोडल हन्टका बिजेता तथा उप विजेताले क्राउन सहित नगद पुरस्कार साथै कक्षा ११ र १२ अध्ययनको लागि पूर्ण छात्रावृत्ति, विभिन्न गिफ्टहरु र प्रमाणपत्र प्राप्त गरेकाछन् । सबैको कडा परिश्रम र राम्रो टिम वोर्कका कारण प्रतियोगिता निकै सफल भएको र आगामी दिनमा पनि ‘एसइइ मोडल हन्ट’ लाई अझै भब्य बनाउन ‘एसइइ मोडल हन्ट’ लाई हरेक बर्ष सिक्वेन्सको रुपमा आयोजना गर्ने थ्रीडि नेपालका रिदम कार्कीले बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गंगामाया अधिकारीले अाफ्नै छोरालाइ यसकारण पक्राउ गर्न लगाइन्
गंगामाया अधिकारीले अाफ्नै छोरालाइ यसकारण पक्राउ गर्न लगाइन्
यातायातको सेवामा विकृति : स्वास्थ्य रिपोर्ट नै नक्कली बनाउँछन् बिचौलिया
यातायातको सेवामा विकृति : स्वास्थ्य रिपोर्ट नै नक्कली बनाउँछन् बिचौलिया
जनक शिक्षाको चार ट्रक कागज प्रहरी नियन्त्रणमा
जनक शिक्षाको चार ट्रक कागज प्रहरी नियन्त्रणमा
पेट्रोलियम पदार्थको मूल्य बढ्यो, खानामा पकाउने ग्यासमा २१५ रुपैयाँ वृद्धि
पेट्रोलियम पदार्थको मूल्य बढ्यो, खानामा पकाउने ग्यासमा २१५ रुपैयाँ वृद्धि
नर्वेकी अन्तर्राष्ट्रिय विकासमन्त्री टिभिनेरेइमद्वारा एमएसआई केन्द्र अवलोकन
नर्वेकी अन्तर्राष्ट्रिय विकासमन्त्री टिभिनेरेइमद्वारा एमएसआई केन्द्र अवलोकन
अज्ञात रोगबाट  दुई नाबालकको मृत्यु
अज्ञात रोगबाट दुई नाबालकको मृत्यु
राजपाले माग्यो कांग्रेससँग ६० प्रतिशत सिट, नपाए तालमेल नगर्ने चेतावनी
राजपाले माग्यो कांग्रेससँग ६० प्रतिशत सिट, नपाए तालमेल नगर्ने चेतावनी
उपत्यका प्रहरी : कारवाहीभन्दा पुरस्कृत धेरै
उपत्यका प्रहरी : कारवाहीभन्दा पुरस्कृत धेरै
मुग्लिङ्ग नारायणगढ सडकको दुराबस्थाका कारण भरतपुर विमानास्थलमा उडान संख्या थपिए
मुग्लिङ्ग नारायणगढ सडकको दुराबस्थाका कारण भरतपुर विमानास्थलमा उडान संख्या थपिए
निर्मला पन्तको बलात्कारपछि हत्याको घटना छानविन गर्न उच्चस्तरीय छानविन समिति
निर्मला पन्तको बलात्कारपछि हत्याको घटना छानविन गर्न उच्चस्तरीय छानविन समिति

तपाईंले छुटाउनुभयो कि?