एसइई पूरक परीक्षाको मिति सर्‍यो, अब भदौ १ देखि ११ गतेसम्म

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ २२, २०७६
|
|
३२ पटक हेरिएको
Shares
एसइई पूरक परीक्षाको मिति सर्‍यो, अब भदौ १ देखि ११ गतेसम्म

सारांश

  • काठमाडौं ।
  • राष्ट्रिय परीक्षा बोर्डले एसईई पूरक परीक्षाको तालिका संशोधन गरेको छ ।
  • यसअघि साउन २६ र २७ का लागि तोकिएको परीक्षा अब भदौ १ गतेदेखि ११ गतेसम्म हुने बोर्डले जनाएको छ ।

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले एसईई पूरक परीक्षाको तालिका संशोधन गरेको छ । यसअघि साउन २६ र २७ का लागि तोकिएको परीक्षा अब भदौ १ गतेदेखि ११ गतेसम्म हुने बोर्डले जनाएको छ ।भदौ १ गते अनिवार्य अंग्रेजी, अनिवार्य नेपाली र अनिवार्य संस्कृत भाषा र साहित्यको परीक्षा हुने छ ।भदौ २ गते गैह्र नेपाली विद्यार्थीहरुका लागि अंग्रेजी विषयको परीक्षा निर्धारण गरिएको छ ।भदौ ३ गते अनिवार्य गणित र भदौ ४ गते अनिवार्य विज्ञान विषयको परीक्षा सञ्चालन हुने बोर्डको संशोधित तालिकामा उल्लेख छ । भदौ ५ गते प्राविधिकतर्फ फार्म म्यानेजमेन्ट एण्ड मार्के्िटङ, इन्जिनियरिङ ड्रइङ्ग, कम्प्युटर रिपेयर एन्ड मेन्टेनेन्स र बेसिक म्युजिक विषयको परीक्षा हुने छ ।यसैगरी भदौ ६ गते अनिवार्य स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षा, अनिवार्य संस्कृत भाषाको परीक्षा हुने छ ।

भदौ ६ गते नै प्राविधिकतर्फ अक्वाकल्चर एण्ड फिसरिज, इलेक्ट्रिकल मेजरमेन्ट एण्ड इन्स्ट्रुमेन्ट, कम्प्युटर नेटवर्क, इन्जिनियरिङ सर्भे र म्युजिक अफ नेपालको परीक्षा हुने छ । भदौ ७ गते शनिबारको दिन पनि परीक्षा तोकिएको छ । यस दिन ऐच्छिक प्रथमका सबै विषयहरु र प्राविधिकतर्फ ऐच्छिक गणितको परीक्षा हुने बोर्डले जनाएको छ । भदौ ८ गतेदेखि ११ गतेसम्म प्राविधिकतर्फका अन्य विषयहरुको परीक्षा निर्धारण गरिएको छ ।सैद्धान्तिक दुई विषयसम्म ‘सी’ वा ‘सी’भन्दा तलको ग्रेड हासिल गरेका नियमिततर्फका विद्यार्थी पूरक ९ग्रेड वृद्धि० परीक्षामा सहभागी हुन पाउने छन् ।परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?