जनताको विश्वास जितेर काम गर्न प्रधानमन्त्रीको निर्देशन

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष १७, २०७९
|
|
५६ पटक हेरिएको
Shares
जनताको विश्वास जितेर काम गर्न प्रधानमन्त्रीको निर्देशन

सारांश

  • काठमाडौँ ।
  • प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारको नीति राम्रो काम गर्ने हो भन्नुभएको छ ।
  • नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशका नेता तथा कार्यकर्तालाई प्रधानमन्त्री निवास बालुवाटारमा निर्देशन दिँदै उहाँले जनतालाई विश्वासमा लिएर सकारात्मक काम गर्नु नै सरकारको प्रमुख कर्तव्य भएको बताउनुभएको हो ।

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारको नीति राम्रो काम गर्ने हो भन्नुभएको छ ।नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशका नेता तथा कार्यकर्तालाई प्रधानमन्त्री निवास बालुवाटारमा निर्देशन दिँदै उहाँले जनतालाई विश्वासमा लिएर सकारात्मक काम गर्नु नै सरकारको प्रमुख कर्तव्य भएको बताउनुभएको हो ।

प्रधानमन्त्रीले राम्रो काम गरेर जनताको विश्वास जित्न जरुरी रहेको भन्दै दुःख, मेहनत, त्याग र तपस्या जेजे गरेर भए पनि राम्रो गर्न निर्देशन दिनुभएको प्रधानमन्त्री दाहालका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिनुभयो ।
दाहालले आफूले गरेको राम्रो कामको प्रचार हुन नसकेको भन्दै मध्यपहाडी लोकमार्गदेखि उत्तर–दक्षिण करिडोर आफू पहिलो पटक प्रधानमन्त्री भएपछि प्रस्तावित गरिएको भएपनि ती माओवादीले गरेका परियोजना भनेर स्थापित गर्न नसकिएको बताउनुभएको शर्माले जानकारी दिनुभयो ।

अहिलेको परिवर्तनका लागि मुख्य भूमिका खेलेको र उज्यालो नेपालजस्ता विकास कार्यक्रममा माओवादीकै नेतृत्व र पहलमा भए पनि त्यसको स्वामित्व लिनेमा समस्या भएको उहाँको भनाइ थियो ।

कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्ने र समाजवादी फोरम बनाउने चर्चा चलिरहेको प्रधानमन्त्री प्रचण्डको भनाइ थियो । कर्णाली प्रदेशमा आफ्नो पार्टी सबैभन्दा अगाडि रहेकामा खुसी व्यक्त गर्नुहुँदै सो क्षेत्रको विकासका लागि वर्तमान सरकारको ध्यान रहेको बताउनुभयो ।

प्रधानमन्त्रीले कर्णालीमा बन्ने आगामी सरकारले कर्णालीका जनताका निम्ति र कर्णाली प्रदेशका निम्ति आर्थिक विकासमा गति दिने, जनतासँग जीवन्त सम्बन्ध बनाउने र जनताको विश्वास जित्ने काममा लाग्न निर्देशन दिनुभएको प्रधानमन्त्री दाहालका प्रेस संयोजक शर्माले जानकारी दिनुभयो ।

(allproshadeconcepts.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विप्लव समूहलाई मूलधारमा ल्याउनुपर्छः सभापति देउवा
विप्लव समूहलाई मूलधारमा ल्याउनुपर्छः सभापति देउवा
बालुवाटारको हस्ताक्षर अभियानप्रति मन्त्रीहरु असन्तुष्ट
बालुवाटारको हस्ताक्षर अभियानप्रति मन्त्रीहरु असन्तुष्ट
सुदुरपश्चिम प्रदेश सरकारमा कांग्रेस पनि सहभागी, दलका नेता रावल आन्तरिक मन्त्री
सुदुरपश्चिम प्रदेश सरकारमा कांग्रेस पनि सहभागी, दलका नेता रावल आन्तरिक मन्त्री
मोटरसाइकल दुर्घटनामा आमाको मृत्यु, छोरा गम्भीर घाइते
मोटरसाइकल दुर्घटनामा आमाको मृत्यु, छोरा गम्भीर घाइते
किष्ट बैंक घोटालामा संलग्न घर्ती र श्रेष्ठ पक्राउ, नयाँ कसुरमा पक्राउ गरेको प्रहरीको दाबी
किष्ट बैंक घोटालामा संलग्न घर्ती र श्रेष्ठ पक्राउ, नयाँ कसुरमा पक्राउ गरेको प्रहरीको दाबी
ओलम्पिक प्रतियोगितामा नेपालसँग सहकार्य गर्ने जापानको चाहना
ओलम्पिक प्रतियोगितामा नेपालसँग सहकार्य गर्ने जापानको चाहना
३३ केजि सुन प्रकरण: गृहलाई अदालतको धक्का !
३३ केजि सुन प्रकरण: गृहलाई अदालतको धक्का !
सहकारी ठगी प्रकरणः जीबीसहित १९ जनाविरुद्ध पूरक अभियोग दर्ता
सहकारी ठगी प्रकरणः जीबीसहित १९ जनाविरुद्ध पूरक अभियोग दर्ता
बिहीबार अमेरिकामा अहिलेसम्मकै सबैभन्दा धेरै ५३ हजार संक्रमित
बिहीबार अमेरिकामा अहिलेसम्मकै सबैभन्दा धेरै ५३ हजार संक्रमित
उत्तर कोरियाद्वारा ‘पानीमुनि हान्ने आणविक अस्त्र प्रणाली’ परीक्षण
उत्तर कोरियाद्वारा ‘पानीमुनि हान्ने आणविक अस्त्र प्रणाली’ परीक्षण