जिउँदै रहेको टिके ‘डाँका’लाई एसएसपी लोहनीले मर्यो भनेपछि..
सारांश
- चितवन, १४ माघ ।
- डिल्लीबजार कारागारबाट भागेका कैदी टिके भन्ने टीकाबहादुर थापा मगरमाथि प्रहरीले गोली प्रहार गरेको घटनाका सम्वन्धमा अपराध महाशाखाका एसएसपी दिवेश लोहनीले झुटो सूचना दिँदा पत्रकारहरुले हैरानी खेप्नुपरेको छ ।
- गोली लागे लगत्तै टिके मारिएको भन्दै एसएसपी लोहनीको ‘कोड’ गरेर अधिकांश अनलाइनहरुमा समाचार प्रकाशित भएका थिए ।
चितवन, १४ माघ । डिल्लीबजार कारागारबाट भागेका कैदी टिके भन्ने टीकाबहादुर थापा मगरमाथि प्रहरीले गोली प्रहार गरेको घटनाका सम्वन्धमा अपराध महाशाखाका एसएसपी दिवेश लोहनीले झुटो सूचना दिँदा पत्रकारहरुले हैरानी खेप्नुपरेको छ ।
गोली लागे लगत्तै टिके मारिएको भन्दै एसएसपी लोहनीको ‘कोड’ गरेर अधिकांश अनलाइनहरुमा समाचार प्रकाशित भएका थिए । तर, टिके नमारिएको र उनले भरतपुर अस्पतालबाट आफू ठिक रहेको भन्दै बोलेको भिडियो नै बाहिरिएपछि अनलाइनहरुले क्षमा माग्दै प्रहरीले नै झुटो समाचार दिएको भन्दै समाचार सच्चाएका थिए ।
गोली प्रहार जस्तो संबेदनशिल घटनाको बारेमा मिडियामा हचुवाको भरमा बोल्ने एसएसपी लोहनी विवादमा मुछिएका छन् ।
त्यस्तै, टिकेका सहयोगी प्रहरीलाई फायर गरेर फरार भएको र सबैतिर खोज्ने काम भइरहेको एसएसपी लोहनीले बताएका थिए । तर, टिकेले भने आफूसँग कोही नरहेको दाबी गरेको भिडियोमा उल्लेख छ ।
साँझ गोली लागेर गम्भिर घाइते भएका टिकेको भरतपुर अस्पतालमा उपचार भैरहेको थियो । उनलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ । दर्जनौं चोरी तथा डकैतीमा संलग्न भएका उनी २ वर्षअघि सर्बेन्द्र खनाल महाशाखामा छँदा पक्राउ परेका थिए ।
रामेछापको दोराम्ब घर भएका टिके गत माघ ४ गते राती उनी डिल्लिबजारबाट भागेका थिए । टिके उनै व्यक्ति हुन, जो श्रृंखलाबद्ध रुपमा डकैती र चोरीमा कहलिँदै आएका थिए । उनले दुईबर्ष अघि एनआइसी बैंकबाट रकम निकालेर जाने क्रममा मन्दिरा अधिकारीको ६ लाख रुपैयाँ लुटेका थिए ।
पछिल्लो ३ वर्षको अन्तरमा उनले १५ पटक चोरी तथा डकैती गरेका थिए । २०६४ सालदेखि अहिलसम्म उनी ५ पटक जेल परेका छुटेका छन् । २०६४ साल भदौं १ गते डाँका मुद्दामा उनी पक्राउ परे । त्यसपछि छुटेर फेरि उनी २०६५ साल जेठ ५ गते चोरी मुद्दामा जेल गए ।
२०६८ साल असार २४ गते मोटरसाइकल चोरीमा जेल परेपछि ६८ साल फागुन ५ गते जेलबाट छुटेका थिए । उनी फेरि २०६९ साल साउज ३ गते चोरी मुद्दामा पक्राउ परे । जेलबाट छुटेर फेरि उनी २०७२ साल असार ७ गते चोरी तथा डाँका मुद्दामा पक्राउ परि २६ लाख धरौटी बुझाएर छुटेका थिए ।
प्रतिक्रिया