शनिबार पोखरामा फुल कन्ट्याक्ट कराते हुने, विजयी महिला पुरुष खेलाडीलाई १/१ लाख पुरस्कार

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र १२, २०७६
|
|
३४ पटक हेरिएको
Shares
शनिबार पोखरामा फुल कन्ट्याक्ट कराते हुने, विजयी महिला पुरुष खेलाडीलाई १/१ लाख पुरस्कार

सारांश

  • पर्यटकीय नगरी पोखरामा भदौ १४ गते शनिबार नेपाल फुल कन्टयाक्ट कराते महसंघको आयोजनामा “प्रथम नेपाल फुल कन्ट्याक्ट प्रेसिडेन्ट कप कराते ग्राण्ड च्याम्पियनसिप“ हुँदैछ ।
  • प्रतियोगिताको सह-आयोजक युनाइटेड नेप्लीज क्योकुशिन एडभान्समेन्ट (UNKA) रहेको छ ।
  • उक्त प्रतियोगितामा प्रथम हुने महिला तथा पुरुष खुल्ला तौल समूहका खेलाडीलाई नगद रु १-१ लाख दिने युन्काका सदस्य निमा शेर्पाले बताए ।

पर्यटकीय नगरी पोखरामा भदौ १४ गते शनिबार नेपाल फुल कन्टयाक्ट कराते महसंघको आयोजनामा “प्रथम नेपाल फुल कन्ट्याक्ट प्रेसिडेन्ट कप कराते ग्राण्ड च्याम्पियनसिप“ हुँदैछ । प्रतियोगिताको सह-आयोजक युनाइटेड नेप्लीज क्योकुशिन एडभान्समेन्ट (UNKA) रहेको छ । उक्त प्रतियोगितामा प्रथम हुने महिला तथा पुरुष खुल्ला तौल समूहका खेलाडीलाई नगद रु १-१ लाख दिने युन्काका सदस्य निमा शेर्पाले बताए ।

नेपाल फुल कन्टयाक्ट कराते महसंघको अध्यक्ष दमन बस्नेतले जानकारी दिए अनुसार प्रतियोगितामा महिला तथा पुरुष खुल्ला तौल समुहमा मात्र प्रतिस्प्रधा हुनेछ र प्रतियोगितामा १५ फुल कन्टयाक्ट कराते संघका खेलाडीहरु सहभागिता रहने र प्रतियोगितामा दोश्रो र तेश्रो हुने खेलाडीहरुले क्रमश ५० हजार र २५ हजार प्राप्त गर्ने युन्काका कोषाध्यक्ष इन्द्र सुरज मल्लले जानकारी दिए ।

युनाइटेड नेप्लीज क्योकुशिन एडभान्समेन्ट (UNKA) फुल-कन्टयाक्ट करातेका खेलाडीहरु र प्रशिक्षकहरुलाई सहयोग गर्नको लागी संसार भरी छरीएर रहेका फुल कन्टयाक्ट क्योकुशिन करातेका पुर्व नेपाली राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीहरुले स्थापना गरेको संस्था हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?