प्रथम अन्तर्राष्ट्रिय भेट्रान कप शुरु

Shikharkhabar Shikharkhabar
|
शनिबार, आश्विन ४, २०७६
|
|
२० पटक हेरिएको
Shares
प्रथम अन्तर्राष्ट्रिय भेट्रान कप शुरु

सारांश

  • प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण चितवन भेट्रान कप फुटबल प्रतियोगिता आजबाट शुरु भएको छ ।
  • प्रतियोगिताको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले उद्घाटन गर्नुभयो ।
  • सो अवसरमा उहाँले खेल क्षेत्रको विकास गर्न महानगरपालिका लागि परेको बताउनुभयो ।

प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण चितवन भेट्रान कप फुटबल प्रतियोगिता आजबाट शुरु भएको छ । प्रतियोगिताको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले उद्घाटन गर्नुभयो ।सो अवसरमा उहाँले खेल क्षेत्रको विकास गर्न महानगरपालिका लागि परेको बताउनुभयो । उहाँले भन्नुभयो, “महानगरका हरेक वडामा खेल मैदान निर्माण गर्ने प्रक्रियामा हामी रहेका छौँ । यसले खेल क्षेत्रको विकासमा ठूलो योगदान पुग्ने छ ।” खेल क्षेत्रको विकासले देशको नाम उच्च राख्न मद्दत पुग्ने उहाँको भनाइ थियो ।कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेत, भरतपुर महानगरपालिका–१० का अध्यक्ष अरुणपीडित भण्डारी, अखिल नेपाल फुटबल सङ्घ चितवनका अध्यक्ष श्रीकृष्ण कार्की, क्लबका सचिव भरतबहादुर सुवेदीलगायतले बोल्नुभएको थियो ।

भरतपुरको गेष्टहाउस चौरमा शुरु भएको प्रतियोगितामा १६ टिम सहभागी हुनेछन् । प्रतियोगितामा प्रथम हुने टिमलाई कपसहित रु एक लाख एक हजार १११ र दोस्रो हुनेले कपसहित रु ५० हजार ५५५ नगद पुरस्कार प्राप्त गर्ने छन् ।त्यसैगरी म्यान अफ दी म्याचलाई नगद र ट्रफी दिइने छ । अन्त्यमा म्यान अफ दी सिरिजलाई रु १० हजार, बेस्ट किपर, बेस्ट डिफेन्स, बेस्ट मिडफिल्डर र हाइ स्कोररले जनही रु पाँच÷पाँच हजार पुरस्कार प्राप्त गर्ने छन् ।

प्रतियोगितामा चितवन रातो र चितवन नीलो गरी जिल्लाका दुई टिम सहभागी भएका छन् । भारतबाट दुईवटा टिमले सहभागिता जनाएका छन् । सहभागी क्लबलाई दुई समूहमा विभाजन गरिएको छ । दुवै समूहमा आठ–आठ टोली रहेका छन् । समूह ‘ए’ मा आयोजक चितवन भेटेरान ९नीलो० सहित मकवानपुर भेटेरान हेटौँडा, अभिषेक चर्च नवलपुर, रोयल भेट्रान दार्जिलिङ९भारत०, बगर भाइ खलक पोखरा, टी बरगर ललितपुर, नाइट किङ काठमाडौँ र नवलपुर भेट्रान क्लब छन् ।

यस्तै समूह ‘बी’ मा चितवन भेट्रान ९रातो०सहित सानो गौचरन काठमाडौँ, रुपन्देही भेट्रान ११ बुटवल, बीबीसी भेट्रान बनेपा, झापा भेट्रान, युथ एकेडेमी वीरगञ्ज, देहरादुन एफसी भारत र कैलाली भेट्रान रहेको आयोजक चितवन भेटेरान फुटबल क्लबका अध्यक्ष रवीन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतियोगिताको पहिलो चरणको खेल दुई दिन हुनेछ । दुवै दिन चार–चार वटा खेल हुने तालिका छ । सहभागी १६ मध्ये आठ टोली क्वाटरफाइनल प्रवेश गर्नेछ । आजको पहिलो खेल चितवन नीलो र मकवानपुर भेट्रान क्लबबीच भइरहेको छ । आज चार खेल हुँदैछ । प्रतियोगिता असोज ७ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?