३३ किलाे सुन प्रकरण: भाारतमा यी दुइजना सहित फेला

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर २९, २०७५
|
|
१९ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं, २९ मंसिर।
  •  भारतकाे कलकत्ताबाट ३३ किलाे अवैध सुनसहित दुर्इ नेपाली पक्राउ परेका छन् ।
  •  गत शुक्रबार कोलकातामा इटहरीका राकेशप्रसाद र हेमकुमार शर्मा ३३ किलो सुनसहित पक्राउ परेको सूचना भारतीय अधिकारीमार्फत नेपाललार्इ जानकारी भएकाे छ ।

काठमाडौं, २९ मंसिर। भारतकाे कलकत्ताबाट ३३ किलाे अवैध सुनसहित दुर्इ नेपाली पक्राउ परेका छन् । गत शुक्रबार कोलकातामा इटहरीका राकेशप्रसाद र हेमकुमार शर्मा ३३ किलो सुनसहित पक्राउ परेको सूचना भारतीय अधिकारीमार्फत नेपाललार्इ जानकारी भएकाे छ ।

यस लगत्तै नेपालमा चर्चित ३३ किलाे सुन तस्करी र शनम हत्याकाे अनुसन्धान गर्न गठित समितिले सुनबारे चासाे दिएर अनुसन्धान थालेको छ । उनीहरुले प्रयोग गरेको कारमा लुकाइराखेकाे अवस्थामा ३३ किलो सुन बरामद गरेको भरतीय अधिकारीहरुले पुष्टि गरेका छन् ।

नेपाली नागरिकबाटै बरामद भएकाे उक्त सुन त्रिवि विमानस्थलबाटै हराएकाे भनिएकाे ३३ किलो हुन सक्ने अाशंकामा समितिले अनुसन्धान थालेकाे हाे । कलकत्ताबाट बरामद सुन चुडामणि उप्रेती ‘गोरे’ समूहले तस्करी गरेर ल्याउँदा हराएकाे सुन हो कि हैन भन्नेबारे समितिले अनुसन्धान थालेकाे हाे ।

गृह मन्त्रालय स्राेतले भन्यो- ‘भारतमा सुन समातिएको कुरा आएको छ, ठूलो परिमाणमा सुन भित्रने भनेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै हो ।’ त्यसैले भारतमा समातिएको सुन पहिल्यै भित्रिएको र गायब भएको भनिएको साढे ३३ किलो सुन हुन सक्ने समितिकाे अाँकलन छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?