एसिया कप छनाेटः नेपाल युएइसँग ७८ रनले पराजित, छनाेट यात्रा अझ कठिन !

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र १४, २०७५
|
|
१९ पटक हेरिएको
Shares
एसिया कप छनाेटः नेपाल युएइसँग ७८ रनले पराजित, छनाेट यात्रा अझ कठिन !

सारांश

  • काठमाडाैँ, १४ भदाै ।
  • एसिया कप छनोट प्रतियोगिताको ओफ्नो दोस्रो खेल अन्तरगत युएइसँग ७८ रनले पराजित भएकाे छ ।
  • २ सय ५५ रनको लक्ष्य पछ्याएको नेपालले १ सय ७६ रन बनाउँदै सबै विकेट गुमाएपछि  ७६ रनले पराजित भएकाे हाे ।

काठमाडाैँ, १४ भदाै । एसिया कप छनोट प्रतियोगिताको ओफ्नो दोस्रो खेल अन्तरगत युएइसँग ७८ रनले पराजित भएकाे छ ।

२ सय ५५ रनको लक्ष्य पछ्याएको नेपालले १ सय ७६ रन बनाउँदै सबै विकेट गुमाएपछि  ७६ रनले पराजित भएकाे हाे । खराब सुरुवात गरेकाे नेपालका लागि सुवाष खकुरेलले ५० दिपेन्द्र सिँह एेरीले ४०  र साेमपाल कामीले अभिजित २७ रन बनाउनु बाहेक अरुले खासै राम्राे प्रदर्शन गर्न सकेनन् ।

 निर्धारित ५० ओभरमा युएइले ९ विकेट गुमाउँदै २ सय ५४ रन बनाएपछि नेपालले २ सय ५५ रनको लक्ष्य पाएको थियो । नेपालका लागि सन्दिप लामिछानेले एक्ले ४ विकेट लिए भने बसन्त रेग्मीले २ विकेट लिएका थिए । युएइका लागि चिराग सुरीले ६५ र अद्नन् मुफ्तिले ५७ रन बनाएका थिए ।

पहिलो खेलमा पनि हार व्यहाेरेकाे नेपाललाई एसिया कपकाे यात्रा कठिन बनेकाे छ । अबका सबै खेल जितेर पनि फाइनल खेल्नका लागि नेपालले अरु खेलकाे नतिजा पर्खनुपर्ने हुन्छ । नेपालले अर्काे खेलमा शनिबार सिंगापुरसँग खेल्नेछ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Ambar Bahadur Bishwakarma

    Parash gaf matrai dine khelne haina har ta vai halxani captain jasto manxe vaera testo mahato purna khel ma jimmewari liera nakhele paxi naharera k hunxat

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?