पत्नीको उपचार गर्न प्रचण्ड अमेरिका जाँदै
सारांश
- काठमाडौं ।
- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज (आईतबार) साँझ अमेरिका जाने भएका छन्।
- प्रचण्ड पत्नी सीता दाहालको स्वास्थ्य उपचारका लागि अमेरिका जाने भएका हुन्।
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज (आईतबार) साँझ अमेरिका जाने भएका छन्।
प्रचण्ड पत्नी सीता दाहालको स्वास्थ्य उपचारका लागि अमेरिका जाने भएका हुन्। प्रचण्ड दम्पतिसँगै छोरी – ज्वाईं गंगा र जीवन आचार्य अमेरिका जान लागेको प्रचण्डको निजी सचिवालयले जनाएको छ।
मधुमेह र उच्च रक्तचापबाट समेत पीडित सीता दाहाललाई वंशाणुगत पार्किन्सन भएको चिकित्सकले बताएका छन्।
प्रचण्ड दम्पतिका एक मात्र छोरा प्रकाशको गतवर्ष निधन भएपछि सीता थप कमजोर बनेकी छन्।
पत्नी सीतालाई उपचारका लागि प्रचण्डले गत असोज १० मा सिंगापुर लगेका थिए भने कात्तिक २६ गते सीतालाई तातोपानी कुण्डमा नुहाउन लगेका थिए।
प्रचण्ड आज साँँझ अमेरिका जाने निश्चित भएपनि नेपाल फर्किनेबारे समय निश्चित नभएको प्रचण्डको निजी सचिवालयले जनाएको छ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया