एसिया कप छनोटः नेपाललाई तेस्राे सफलता, सन्दिप पछि सागरले लिए विकेट !
सारांश
- काठमाडौँ, १९ भदौ ।
- ९६ रनको झिनो लक्ष्य पछ्याएको हङ्कङ्ले ४० रनमा आफ्नो तेस्राे विकेट गुमाएको छ ।
- नेपालका लागि दुई विकेट सन्दिप लामिछानेले लिए भने तेस्राे विकेट सागर पुनले लिका हुन् ।
काठमाडौँ, १९ भदौ । ९६ रनको झिनो लक्ष्य पछ्याएको हङ्कङ्ले ४० रनमा आफ्नो तेस्राे विकेट गुमाएको छ । नेपालका लागि दुई विकेट सन्दिप लामिछानेले लिए भने तेस्राे विकेट सागर पुनले लिका हुन् ।
यसअघि टस हारेर पहिले ब्याटिङ् गरेको नेपालले खराब प्रदर्शन गर्दै ३७ दशमलब ५ ओभरमा मात्र ९५ रनमा सबै विकेट गुमाएको थियो । नेपालका लागि आरिफ शेखले १८, बसन्त रेग्मी र अनिल शाहले १५, पारस खड्काले १४ र ज्ञानेन्द्र मल्लले १२ रन बनाउनु बाहेक अरु खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन् । यो नेपालको प्रतियोगिता भरिको सबैभन्दा खराब प्रदर्शन हो ।
हङ्कङ् १८ ओभरमा ३ विकेट गुमाएर ५६ रन बनाउँदै खेलिरहेको छ । कप्तान अन्सुमन रथलाई साथ दिन किन्चित शाह यतिबेला क्रिजमा छन् । नेपालकाे फाइनल खेल्ने सम्भावना भने लगभग सकिएकाे छ।
प्रतिक्रिया