सुखी जीवन जिउने उपाय बताउँदै लामा जोपा रिन्पोछे

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष १०, २०७९
|
|
३७ पटक हेरिएको
Shares
सुखी जीवन जिउने उपाय बताउँदै लामा जोपा रिन्पोछे

सारांश

  • बुद्ध धर्मका नीति, दर्शन र ज्ञानको प्रवद्र्धन गर्दै आएका लामा जोपा रिन्पोछे लेखकका रुपमा समेत परिचित छन् ।
  • उनै लामा जोपा रिन्पोछले लेख्नु भएको पुस्तक धुम्रपानका असरहरु तथा सुखी र स्वस्थ जीवन जिउने उपाय सार्वजनिक भएको छ ।
  • काठमाडौँको कपनस्थित आनी गुम्बामा पुस्तकको विमोचन गरिएको हो ।

बुद्ध धर्मका नीति, दर्शन र ज्ञानको प्रवद्र्धन गर्दै आएका लामा जोपा रिन्पोछे लेखकका रुपमा समेत परिचित छन् । उनै लामा जोपा रिन्पोछले लेख्नु भएको पुस्तक धुम्रपानका असरहरु तथा सुखी र स्वस्थ जीवन जिउने उपाय सार्वजनिक भएको छ । काठमाडौँको कपनस्थित आनी गुम्बामा पुस्तकको विमोचन गरिएको हो । पूस्तकमा बौद्ध धर्मले धुम्रपानलाई कसरी ब्याख्या गरेको छ भन्ने उल्लेख गरिएको छ । विमोचन कार्यक्रममा बोल्दै जोपा रिन्पोछेले पुस्तक अध्ययन पश्चात स्वस्थकर जीवनका लागि धुम्रपान त्याग्नु किन महत्वपूर्ण छ भन्ने थाहा पाउने बताए ।

कार्यक्रममा प्रमुख अतिथिका रुपमा उपस्थित भएका सांसद तथा पूर्वस्वास्थ्यमन्त्री गगन थापाले रिन्पोछेको पुस्तक स्वस्थकर जीवनयापनका लागि महत्वपूर्ण रहेको बताए । आफु मन्त्री हुँदा धुम्रपानका कारण हुन सक्ने क्यान्सर लगायतका रोगहरुको निदानका लागि थुप्रै काम गरेको उल्लेख गर्दै बौद्ध धर्मगुरुहरुले पनि आफ्नो क्षेत्रबाट सुखी जीवन जिउने कला सिकाउन विशेष योगदान दिइरहेको थापाको भनाइ छ ।

पुस्तकलाई बुद्ध वचन अनुवाद समितिका संयोजक टीका शेर्पाले अनुवाद गरेका हुन् । जोपा रिन्पोछेको पुस्तकलाई एकदमै मेहनतका साथ सबैले बुझ्ने गरि नेपालीमा अनुवाद गरिएको शेर्पाले बताए । पुस्तकलाई नेपाल बौद्ध महायान केन्द्र, गोन्पा, कपनले प्रकाशन गरेको हो । कार्यक्रममा गायिका तथा भिक्षु आनी छोइङ डोल्मा र गायक राजु लामाले सांगीतिक प्रस्तुति पनि दिएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विमलेन्द्र निधि र छवि जोशीले गरे रेष्टुरेन्ट उद्घाटन (हेर्नुहोस् १६ तस्बिरमा)
विमलेन्द्र निधि र छवि जोशीले गरे रेष्टुरेन्ट उद्घाटन (हेर्नुहोस् १६ तस्बिरमा)
फेरि बढ्यो इन्धनको मूल्य, पेट्रोलको मूल्य १ लिटरको १६०
फेरि बढ्यो इन्धनको मूल्य, पेट्रोलको मूल्य १ लिटरको १६०
आज खण्डग्रास चन्द्रग्रहण, कुन राशीलाई कस्तो हुन्छ ? ग्रहण सम्बन्धी विस्तृत जानकारी
आज खण्डग्रास चन्द्रग्रहण, कुन राशीलाई कस्तो हुन्छ ? ग्रहण सम्बन्धी विस्तृत जानकारी
राजविराज घटना देशलाई बन्धक बनाउने सुनियोजित षडयन्त्र होः एमाले
राजविराज घटना देशलाई बन्धक बनाउने सुनियोजित षडयन्त्र होः एमाले
शिक्षकको २१ गतेबाट शुरु भनिएको आन्दोलन किन स्थगित ?
शिक्षकको २१ गतेबाट शुरु भनिएको आन्दोलन किन स्थगित ?
स्वस्तिमाले छाेडेकाे ‘दाल भात तरकारी’ अाँचललाइ !
स्वस्तिमाले छाेडेकाे ‘दाल भात तरकारी’ अाँचललाइ !
वन्यजन्तु पीडित किसानलाई क्षतिपूर्ति
वन्यजन्तु पीडित किसानलाई क्षतिपूर्ति
नरेन्द्र माेदीका सुरक्षा सल्लाहकारसंग ज्ञानेन्द्रकाे गोप्य भेट
नरेन्द्र माेदीका सुरक्षा सल्लाहकारसंग ज्ञानेन्द्रकाे गोप्य भेट
माग पूरा नभए बजेट अधिवेसन चल्न नदिने राजपाको चेतावनी
माग पूरा नभए बजेट अधिवेसन चल्न नदिने राजपाको चेतावनी
चट्याङबाट बच्न रक्सी छर्केर घरभित्र पस्छन् फलामखानीवासी
चट्याङबाट बच्न रक्सी छर्केर घरभित्र पस्छन् फलामखानीवासी